Nepal Times
Nepal Times
3
Shares

काठमाडौंमा पनि खनाल–नेपाल समूहको समानान्तर कमिटी गठन

काठमाडौंमा पनि खनाल–नेपाल समूहको समानान्तर कमिटी गठन

२२ चैत्र, काठमाडौं ।
नेकपा एमालेको खनाल–नेपाल समूहले काठमाडौँमा पनि समानान्तर कमिटी गठन गरेको छ ।

बागमती प्रदेश सभाका सदस्यसमेत रहेका बसन्तप्रसाद मानन्धरको नेतृत्वमा कमिटी घोषणा गरिएको हो ।

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई पार्टीको साधारण सदस्यबाट ६ महिना निलम्बन गरेपछि खनाल–नेपाल समूहले देशभर समानान्तर कमिटी बनाउने कार्यलाई तिव्रता दिएको छ ।

एमालेको जिल्ला अध्यक्षमा ओली समूहका कृष्ण राई छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.