Nepal Times
Nepal Times
3
Shares

काठमाण्डौसहित धेरैजसो ठाउँको मौसम सफा

काठमाण्डौसहित धेरैजसो ठाउँको मौसम सफा

१० बैशाख, काठमाडौ । अहिले काठमाण्डौसहित देशका धेरैजसो ठाउँको मौसम सफा रहेको छ ।

पश्चिमका केही पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भएको भए पनि अरु ठाउँको मौसम भने सफा रहेको र अहिले आकाश खुलेर घाम लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज दिउँसोपछि सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

स्थानीय र पश्चिमी वायुको प्रभावका कारण पश्चिमी क्षेत्रमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.