Nepal Times
Nepal Times
3
Shares

कात्तिकमा मात्रै वैदेशिक रोजगारीमा जान ७ हजार बढीले लिए श्रम स्वीकृति

कात्तिकमा मात्रै वैदेशिक रोजगारीमा जान ७ हजार बढीले लिए श्रम स्वीकृति

१२ मंसिर, काठमाडौं । गएको कात्तिक महिनामा मात्रै वैदेशिक रोजगारीमा जानको लागि ७ हजार भन्दा धेरै नेपालीले श्रम स्वीकृति लिएका छन् ।

कोरोना महामारीको बेला विदेशबाट फर्केका र स्वदेशमै बेरोजगार बसेकालाई समेत रोजगारी दिने भनेर सरकारले भनिरहँदा ७ हजार ७ सय ९७ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ ।

यो संख्या विश्वका विभिन्न ५३ देशमा जानको लागि श्रम लिएकाहरुको हो । जसमध्ये ६ हजार २ सय २४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने एक हजार पाँच सय ८३ जनाले नयाँ श्रम स्वीकृति लिएका हुन् ।

वैदेशिक रोजगार कार्यालयका अनुसार सबैभन्दा बढी कतार जानको लागि तीनहजार ९०, साउदीको लागि दुई हजार ३ सय ६२ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै यूएई जानको लागि एक हजार एक सय ७७ जनाले श्रम स्वीकृति लिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.