×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

काबुल, १७ वैशाख ः अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या २३ पुगेको छ ।

मध्य काबुलको सो जिल्लामा भएको आत्मघाती बम हमलामा परी अरु २७ जना नराम्ररी घाइते भएका बताइएको छ ।

सो विस्फोटमा आत्मघाती पनि दुई जना मारिएका छन् । उनीहरुको पहिचान खुलेको छैन । सोमबार बिहान दुई जना आत्मघातीले उक्त विस्फोट गराएको बताइएको छ ।

मारिनेमा तीन जना पत्रकार पनि परेका बताइएको छ । ती तीन जना पत्रकारमध्ये एकजना फोटो पत्रकार रहेको अफगानिस्तानको पत्रकार वकालत समूहले जनाएको छ ।

उक्त आक्रमण कसका लागि लक्षित थियो भन्ने बारेमा केही खुलेको छैन । तर पनि उक्त आक्रमणस्थल अफगानिस्तानको अर्धसैन्य बलको नजिक रहेकोले सोही कार्यालयलाई लक्ष गरिएको अनुमान प्रहरीको छ ।

सो क्षेत्र वरपर अरु पनि केही सरकारी कार्यालयहरु रहेका छन् । ती कार्यालहरुलाई पनि लक्ष गरिएको अनुमान गरिएको छ ।

आत्मघाती हमलाको कसैले जिम्मेवारी लिएको छैन । त्यसैगरी सो हमलामा परी मारिने पत्रकारको पनि पहिचान खुलेको छैन ।

प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीकाअनुसार अर्धसैन्य बलको नजिकै सो कार्यालय रहेकोले उनीहरुले उक्त कार्यालयमा रहेका अधिकारीलाई लक्ष गरेका थिए ।

तर मारिनेमा के कति जना सर्वसाधारण र उक्त बलका सदस्य कति परे भन्ने बारेमा भने केही जानकारी गराइएको छैन ।
रासस

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top