×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कारबाही फिर्ता गर्ने उदार र जिम्मेवार निर्णयले एकतामा सकारात्मक प्रभाव पार्छः प्रदिप ज्ञवाली

३० बैशाख २०७८

३० वैशाख, काठमाडौं ।

एमाले प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथिको कारवाही फिर्ता लिने स्थायी समितिको निर्णयले पार्टी एकतामा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।

बैठकपछि उनले पार्टी एकता कायम राख्न, उदार भावना र जिम्मेवारीबोधसहित निर्णय गरिएको दाबी गरे । ‘हाम्रो तर्फबाट एकताका पक्षमा हदैसम्म प्रयास गरेका छौ ।

कुनैबेला आफ्नो अध्यक्षलाई दलको नेता, पार्टी अध्यक्ष र साधरण सदस्यसमेत नरहनेगरी उहाँहरुका तर्फबाट बर्खास्त गरिएको अबस्था थियो ।

२७ वैशाखको त्यति महत्वपूर्ण मतदानमा अनुपस्थित भएर सरासर प्रतिपक्षी गठबन्धनलाई टेवा पुर्‍याउँदा पनि अध्यक्ष उदारतापूर्वक लचिलो भएर र उदारतापूर्वक जिम्मेवारीबोधका साथ प्रस्तुत भएर निर्णय गरिएको छ’ ज्ञवालीले भने‘यसले सकारात्मक प्रभाव पर्ने हामीलाई विश्वास छ ।’

राष्ट्रपति विद्या भण्डारीले दुई वा दुईभन्दा बढि दललाई बहुमत पुर्‍याएर प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न दिएको समयसीमा आज राती ९ बजे सकिदैंछ ।

प्रधानमन्त्री केपी ओलीले पार्टी एकता बचाउन कुनै पहल नलिएको भन्दै वरिष्ठ नेता नेपाल र झलनाथ खनाल समूहका सांसदहरुले सामूहिक राजीनामाको अन्तिम तयारी गरिरहेका बेला संस्थापन पक्षको बैठकले नेपालसहितको नेताहरुमाथिको कारवाही फिर्ता लिने निर्णय गरेको हो ।

बैठकअघि प्रधानमन्त्री ओलीको सन्देश लिएर उपमहासचिव विष्णु पौडेल नेपाल निवास कोटेश्वर पुगेका थिए । बैठकले पार्टीभित्रको परिस्थिति, राष्ट्रिय राजनीतिको परिस्थितिबारे आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलाई प्रत्यायोजन गरेको ज्ञवालीले जानकारी दिए ।

त्यस्तै, बैठकले कोभिडविरुद्धको लडाईमा सरकारले गरिररहेको कामको समीक्षा गर्दै अक्सिजन र औषधिजन्य सामग्रीलाई अझ प्रभावकारी ढंगले व्यबस्था गर्न सरकारलाई सुझाव दिएको छ ।

त्यस्तै, पार्टी नेता तथा सांसद पशुपति चौंलागाईंको कोभिड–१९ बाट भएको निधनमा शोक व्यक्त गर्दै श्रद्धाञ्जली प्रस्ताव पास गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top