×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कार्टुनलाई लिएर प्रधानमन्त्री ओली असन्तुष्ट

९ जेष्ठ २०७८

९ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिलाई गलत दिशातिर मोड्ने काम कसैले नगर्न आग्रह गरेका छन् ।

आइतवार बालुवाटारमा प्रेस चौतारी आबद्ध पत्रकारहरूसँगको अन्तरक्रियामा

प्रधानमन्त्री ओलीले लोकतन्त्रले अभिव्यक्ति स्वतन्त्रता दिएको र अहिले केही मिडियाले त्यही स्वतन्त्रताको दुरुपयोग गर्ने काम गरेको भन्दै आपत्ती जनाए ।

उनले एक दैनिक पत्रिकामा छापिएको कार्टुनप्रति असन्तुष्टि जनाउँदै प्रेत भइसकेको राजसंस्थाको खल्तीमा गणतन्त्रको प्रतीकको रूपमा रहेको संस्थालाई राख्ने काम गरिएको बताए ।

उनले भने , ‘प्रेत संस्थाको भीमकाय फोटो बनाएर त्यसको खल्तीमा राष्ट्रपतिलाई राखेको । कति आनन्द आएको होला लोकतन्त्रको नाममा यस्ता घृणित कार्यहरू । राजतन्तत्र भनेको प्रेत संस्था हो ।

त्यो प्रेत संस्थाको विशाल भीमकाय फोटो बनाउने र नागरिकबाट निर्वाचित जनप्रतिनिधित्वको गणतन्त्रको प्रतीकको रूपमा रहेको संस्थालाई एउटा प्रेत संस्थाका, सामन्ती संस्थाको एउटा खल्तीमा राख्नेसम्मको ? लोकतन्त्रले दिएका स्वतन्त्रताको हकको दुरुपयोग हो ।’

उनले केही मिडियाले सरकारविरुद्ध मिसन पत्रकारिता नै सञ्चालन गरेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, केही त मिसन पत्रकारिता भएका छन् ।

जसको काम उपलब्धिको चर्चा नगर्ने र कमजोरीको मात्रै चर्चा गर्ने, छैन भन्ने, बनावटी अन्तरकुन्तरबाट मार्मिक कहानीहरू बनाउने, निकाल्ने । मार्मिक स्थितिको चित्रण गर्ने ।

त्यस्तो मार्मिक स्थिति अब आउन नपाओस् भनेर प्रयास गर्ने वा त्यस्ता प्रयासलाई साथ सहयोग गर्ने भन्दा पनि आफ्नो स्वार्थमा प्रयोग गर्ने प्रवृत्ति बोकेका छँदैछन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top