×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कार्यालय पुनःनिर्माणपछि सेवामा आत्मबल थपियो

इलाम, माघ ३
प्रदेश नं १ का प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले प्रहरी कार्यालय पुनःनिर्माण गरिएपछि इलाका र प्रहरी चौकीले प्रदान गर्ने सेवामा आत्मबलसमेत थपिएको महसुश भएको बताएका छन् ।

नेपाल–भारत सीमाको पशुपतिनगरमा पुनःनिर्माण गरिएको इलाका भवन उद्घाटन गर्दै उनले भने, “अब कार्य क्षमतामा पनि सुधारको महसुश हुनेछ ।”

उनले प्रहरीमा पनि प्रविधिअनुसार अनुसन्धानको विधि परिवर्तन हुँदै गएकाले नागरिकमा परिवर्तनको महसुश हुने धारणा राखे ।

उपाध्यायले अपराधको स्वरुप बदलिएको भन्दै प्रहरीले पनि अनुसन्धानको दायरा फराकिलो पारेको बताए । उनले अपराधको गहिराइमा पुगेर मात्र अपराधीको पहिचान गर्नाका साथै सामाजिक दबाबको भरमा अनुसन्धानलाई कसैप्रति केन्द्रित गर्न नहुने समेत बताए ।

संघीय इकाई प्रहरी कार्यालय, चन्द्रगढी, झापाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले कर्तव्यपालनका क्रममा सबै तहले अग्रसरता लिनुपर्ने बताए । प्रहरीको संरचनाले जनतालाई राहतको आभाष भएको निर्माण समितिका अध्यक्ष सवित्री सिवाको धारणा छ ।

२०६० साल चैत २५ गते क्षतिग्रस्त भएको पशुपतिनगरको भवन निर्माणका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालय शान्तिकोष सचिवालयबाट एक करोड ६४ लाख ३१ हजार ८४० प्राप्त भएकामा रु एक करोड ४३ लाख ४० हजार ८१९ मा इलाका भवन निर्माण सम्पन्न गरिएको प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।

भवनको भुइँतलामा सुविधायुक्त पुरुष तथा महिला हिरासत कक्ष, गार्ड कक्ष, प्रशासनिक कक्ष, कार्यालय प्रमुख, अपराध अनुसन्धान कक्ष, महिला तथा बालबालिका सेवा केन्द्र, बैठक कक्ष, सञ्चार कक्षलगायत १४ वटा कोठा रहेको उनले बताए ।
रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top