×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो भूभाग हो, फिर्ता लिएरै छोड्छौंः प्रधानमन्त्री

६ जेष्ठ २०७७

६ जेष्ठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको भन्दै फिर्ता लिएरै छोड्ने बताएका छन् । उ

नले भारतले त्यहाँ सेना राखेर विवादित बनाएको संसद्‍मा भनेका छन् । भारतीय सेना कालापानीमा बसेपछि त्यसपछि कालापानीमा जान ब्लक भयौं । त्यसबेलाका शासकहरूले बोल्न डराए ।

वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिने छैनौं, उनले भने, हाम्रो भूमि भारतले अकुपाइ गरेर, अर्घेल्याइँ गरेर विवादित बनाइएको हो ।

कूटनीतिक माध्यमबाट वार्ता गरेर उक्त भूमि फिर्ता ल्याउने प्रधानमन्त्रीको भनाइ थियो । ठोस रूपमा कूटनीतिक प्रयास गर्ने उनको भनाइ थियो । उनले मन्त्रिपरिषद्‍बाट नक्सा जारी गरिएको पनि संसद्लाई जानकारी गराएका छन् ।

सरकारले देखावा गर्नका लागि कुनै पनि कदम नचालिएको बताए । उनले देखावटी राष्ट्रवादका लागि नगरिएको विश्वास दिलाएका छन् । उनले नक्सा सार्वजनिक भोलिसम्ममा गरिने पनि बताए । संविधानमा प्रतिक चिह्न संशोधनका लागि पनि प्रस्तुत गरिने प्रधानमन्त्रीले बताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top