×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कास्कीमा व्यवसायिक पशुपालनसँगै डाँले घाँसका विरुवाको माग बढ्दो

५ भाद्र २०७८

५ भदौ, गण्डकी ।
डिभिजन बन कार्यालय कास्कीद्धारा सञ्चालित बन नर्सरीमा डाँलेघाँसका विरुवाको माग अत्याधिक रहेको छ । बैदेशिक रोजगारीबाट फर्केका युवावर्ग व्यवसायिक पशुपालनतर्फ लागेसंगै डाँलेघाँसका विरुवाको माग ह्वात्तै बढेको हो ।

कोरोना कहरसंगै मुलुकमा व्यवसायिक पशुपालक कृषकको संख्या बढेको कारण बन नर्सरीमा उत्पादित राईखनियो, वडहर, टाँकी, इपिलइपिल, लगायतका एक लाख ५० हजार डाँलेघाँसका विरुवा निःशुल्क वितरण गरिएको डिभिजन बन अधिकृत केदार बरालले जानकारी दिए ।

चालू आर्थिक बर्षमा घाँस र फलफुलका विरुवाको माग लिएर आउने अधिकाँश युवा वर्ग रहेको बताउँदै उनले विदेशबाट फर्केका युवाको व्यवसायिक बाख्रापालनतर्फ आकर्षण बढेसंगै डाँलेघाँसका विरुवाको माग बढेको बताए ।

“विगतमा डिभिजन बन कार्यालयद्धारा महेन्द्रगुफामा स्थापना गरि सञ्चालन गर्दै आएको बन नर्सरीमा उत्पादित विरुवा मात्र वितरण गरिदै आएको थियो” उनले भने, “यस बर्ष भने गण्डकी प्रदेश सरकारले उपलव्ध गराएको थप दुई लाख रुपैया आर्थिक सहयोगले चारवटा नर्सरीबाट उत्पादित विरुवा कृषकलाई वितरण भई रहेको छ ।”

विरुवा उत्पादनका लागि प्रत्येक नर्सरीलाई ५० हजार रुपैयाका दरले उपलव्ध गराईएको थियो । वन नर्सरीहरुमा विरुवा उत्पादन गर्नका लागि आवश्यक झाडी सरसफाई, पोलिथिन व्याग भर्ने, गोडमेल गर्ने कार्यमा छ महिनाका लागि ठूलै संख्याले रोजगार समेत प्राप्त गर्दै आएका छन् ।

डिभिजन बन कार्यालय कास्कीको बटुलेचौरसंगै बन विज्ञान अध्ययन संस्थान, पोखरा महानगरपालिका वडा नं. ३० खुदीस्थित लेखनाथ सव डिभिजन वन कार्यालय, रानीवन र कुँडहर सव डिभिजन बन कार्यालय परिसरमा स्थापित नर्सरीमा डाँलेघाँस लगायत, फलफुल तथा जडिवुटी र काठको लागि उपयोगि बिभिन्न जातका तीन लाख १८ हजार विरुवा उत्पादन गरि वितरण गरिएको अधिकृत बरालको भनाई छ ।

डिभिजन वन कार्यालयद्धारा स्थापना गरि सञ्चालनमा आएको पोखरा १६ बाटुलेचौरको नर्सरीमा अत्याधुनिक प्रविधि सहितको तापानुकुलित हाईटेक निर्माण गरिएको छ । हाइटेक भित्र उमारिएका विरुवा दुई पाते भएपछि पोलिथिन व्यागमा राखेर बाहिर प्लाष्टिकको छहारीमा राखेर हुर्काउने व्यवस्था मिलाईएको छ । हाईटेक भित्र लगाईएको विउ ७० प्रतिशत भन्दा बढी उम्रने गरेको छ ।

लेखनाथ सव–डिभिजन बन कार्यालयका सहायक बन अधिकृत रामबहादुर विश्वकर्माका अनुसार नर्सरीमा जडिवुटी प्रजातिका कुरीलो,लेजपात, हर्रो, बर्रो,अमला लगायतका १० हजार र निमारो, लप्सी, रिठ्ठा, गुलमोहर, राईखनियो, इपिलइपिल, नास्पति,हलुवावेद, अम्वा लगायतका ४० हजार विरुवा उत्पादन गरेर निशुल्क वितरण गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं. ३० द्धारा उपलव्ध गराईएको दुई रोपनी सार्वजनिक जग्गामा यसै बर्ष स्थापना गरि सञ्चालनमा आएको वन नर्सरीमा सबै भन्दा बढी डालेघाँसका विरुवाको माग भएको उनको भनाईछ ।

नर्सरीमा केही अन्य विरुवा अहिले पनि रहेका भएपनि राईखनियो लगायतका डाँलेघाँसका विरुवा माग भए अनुसारको किसानलाई पु¥याउन नसकिएको अधिकृत विकले रासससंग गुनासो सुनाए ।

सव डिभिजन बन कार्यालय कुँडहर र रानीवनमा सञ्चालन गरिएको नर्सरीमा ३०।३० हजार र वन विज्ञान अध्ययन संस्थानको नर्सरीमा सात हजार राईखनियो सहित बिभिन्न प्रजातिका ५० हजार विरुवा उत्पादन गरिएको सहायक वन अधिकृत ममता गौतमले जानकारी दिए ।

उनका अनुसार कोरोनाको कारण यस बर्ष कास्की जिल्लामा विभिन्न पर्व तथा लायन्स क्लवहरुले समेत विगतको तुलनामा बृक्षारोपण कार्यक्रम खासै नभएको कारण अन्य विरुवाको तुलनामा बाख्रा फर्मबाट बढी डाँलेघाँसका विरुवाको माग आएको हो ।

संघ सरकारकारमार्पmत दुई लाख ४८ हजार ३३३ वटा विरुवा उत्पादनका लागि ३८ लाख रुपैया ससर्त अनुदान र गण्डकी प्रदेश सरकारबाट ६५ हजार विरुवा उत्पादनका लागि १२ लाख रुपैया प्राप्त भएको डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत कमल लम्सालले जानकारी दिए ।

कोरोना भाइरसको संङक्रमण बढेसंगै व्यापार व्यवसाय थप्प भएपछि गाउँफर्कने र विदेशबाट फर्केकाको रोजाई गाउँको बाँझीएको जग्गामा डाँलेघाँस लगाउने र पशुपालन गर्नेतर्फ उन्मुख भएको कारण विरुवाको माग बढेको सरोकारवालाको सामुहिक भनाई छ ।रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top