Nepal Times
Nepal Times
3
Shares

काेकाकाेलाकाे दशैं धन्यवाद याेजना, ब्राण्ड एम्बेसडर बनिन् स्वस्तिमा खड्का

काेकाकाेलाकाे दशैं धन्यवाद याेजना, ब्राण्ड एम्बेसडर बनिन् स्वस्तिमा खड्का

१३ असाेज,काठमाडाैँ ।

कोकाकोलाले यस वर्षको दसैँलाई केन्द्रीत गरी कोकका बोतलहरुमा ‘धन्यवाद’ शब्द लेबल गरी उपभोक्तामाझ पठाउने भएको छ । कोकाकोलाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको दसैँलाई लक्षित गरी धन्यवाद लेखिएको कोकाकोला बजारमा ल्याइएको जानकारी दिएको हो ।

यसको मुख्य आशय कोभिड १९ को महामारीको कठिन समयमा व्यक्तिसँग सहयात्रीका रुपमा रहेका साथीहरु, परिवार र फ्रन्टलाइनरहरुलाई कोकको बोटलमार्फत् धन्यवाद व्यक्त गर्नु रहेको बताइएको छ ।

कोकाकोलाले सहयात्री बनेका व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्न आमा, बुबा, दाई, भाई, दिदी, बहिनी, साथी र सेवाकर्मीहरुका लागि भनि ८ वटा नयाँ लेबल प्रस्तुत गरेको कोकाकोला नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले बताए । उनले यसपालिको दसैँ महामारीका समयमा प्रोत्साहित र प्रेरित गर्नुभएका परिवारका सदस्य र साथीहरु प्रति अभार व्यक्त गर्दै मनाउन कोकाकोलाले प्रेरित गरेको पनि उल्लेख गरे ।

कोकाकोलाले आफ्नो नयाँ ब्राण्ड एम्बेसडरको रुपमा नायिका स्वस्तिमा खड्कालाई घोषणा गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.