Nepal Times
Nepal Times
3
Shares

काेराेनाबाट हिजो एकै दिन १० जनाको मृत्यु

काेराेनाबाट हिजो एकै दिन १० जनाको मृत्यु

काठमाडौं : स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हिजो बुधबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पाँचसहित देशभर थप १० कोरोना सक्रमितको मृत्यु भएको छ ।

ललितपुरको किस्ट मेडिकल कलेजमा २, नेपाल मेडिसिटी र पाटन अस्पतालमा उपचाररत एक/एक र काठमाडौंको ह्याम्स अस्पतालमा एक जना कोराना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमित मृतकको संख्या ९३ पुगेको छ । केही दिनयता मृतकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।, यो समाचार आजको राजधानी दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.