×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

किन ठोक्किरहन्छन् चीन–फिलिपिन्सका जहाज ?

१६ भाद्र २०८१

१६ भदौ , विराटनगर ।

दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच लामो समयदेखिको तनाव निकै बढ्न सक्ने संकेत देखिएको छ । जहाँ यी दुई देश बारम्बार मुठभेडको स्थिति नजिक पुगेका छन् । पछिल्लो पटक शनिबार फेरि दुई देशका तट रक्षक जहाज आपसमा ठोक्किएका छन् । यो महिनामा चीन र फिलिपिन्सबीच समुद्रमा भएको पाँचौँ टकराव हो ।

र रोचक त के छ भने, यस्ता घटनामा दुवैले एकअर्कालाई आरोप लगाउँदै आएका छन् । शनिबार पनि दुवै देशका तट रक्षक जहाजहरूबीच ठक्कर भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । फिलिपिन्सका तट रक्षकका प्रवक्ता टैरिएलाले शनिबार भएको ठक्करको भिडियो सेयर गरेका थिए । उनले भनेका छन् – चिनियाँ तट रक्षक जहाजले जानाजान फिलिपिन्सको जहाजलाई ठक्कर दिएको थियो । यसले गर्दा उनीहरूको तट रक्षक जहाजलाई क्षति पुगेको छ यद्यपि, यस घटनामा कुनै व्यक्ति घाइते भएका छैनन् ।

यता चिनियाँ तट रक्षकका प्रवक्ता लियु डेजुनले भनेका छन् –फिलिपिन्सले गैरकानूनी रूपमा दक्षिण चीन सागरमा रहेको साबिना शोल (सेकेन्ड थोमस शोल) नामको कोरल आइल्याण्डमा आफ्नो जहाज रोकेको थियो । त्यसपछि उसले अचानक चीनको तट रक्षक जहाजलाई ठक्कर दिएको थियो । चिनियाँ तट रक्षकले चेतावनी दिएको छ –यदि फिलिपिन्स समयमै पछि हटेन भने उसले परिणाम भोग्नुपर्नेछ ।

चीनले भनेको छ –देशको सुरक्षा लागि हरेक आवश्यक कदम चाल्नेछौं । लियुले भने, ‘चिनियाँ तट रक्षकले आफ्नो देशको सुरक्षा र समुद्री अधिकारहरूको रक्षा गर्न हरेक आवश्यक कदम चाल्नेछ।’ फिलिपिन्सले अप्रिलमा आफ्नो पालावन प्रान्तबाट ७५ नौटिकल माइल अर्थात् १३८ किलोमिटर टाढा एक जहाज तैनाथ गरेको थियो ।

चीनले गैरकानूनी रूपमा एउटा कृत्रिम टापु बनाउन खोजेको फिलिपिन्सले आरोप लगाएको छ । यद्यपि, चीनले ती दावीहरूलाई अस्वीकार गरेको छ । चीनले सम्पूर्ण दक्षिण चीन सागरलाई आफ्नो हिस्सा बताउँछ । यसलाई लिएर उसको फिलिपिन्स, मलेसिया, ताइवान, भियतनाम, र ब्रुनेई जस्ता देशहरूसँग विवाद छ ।

करीब १२ दिनअघि पनि चीन र फिलिपिन्सका जहाजहरू सेकेन्ड थोमस शोल नजिकै आपसमा ठोक्किएका थिए । चीनका तट रक्षकले भनेका थिए –उनीहरूको तट रक्षक जहाज २१५५१ ले फिलिपिन्सको जहाज ४४१० लाई धेरै पटक चेतावनी दिएको थियो । तर, उनीहरूले यसलाई नजरअन्दाज गरेर ठक्कर दिए ।

चिनियाँ तट रक्षकका प्रवक्ता गेंग युले भने –फिलिपिन्सको जहाजले निकै गैर जिम्मेवार र खतरनाक तरिकाले काम गरेको थियो । फिलिपिन्सको जहाज जियाबिन रीफ (साबिना शोलको) नजिकै गैरकानूनी रूपमा चिनियाँ जल क्षेत्रमा प्रवेश गरेको थियो । यदि उनीहरूले यसरी नै उक्साउने काम गरे भने तिनीहरूले यसको परिणाम भोग्नुपर्नेछ ।

सेकेन्ड थोमस शोल दक्षिण चीन सागरमा स्प्रैटली आइल्याण्ड्समा एउटा जलमग्न चट्टान हो । यसमा ६ देशले दाबी गरेका छन् । फिलिपिन्सले भनेको –सेकेन्ड थोमस शोल उसको समुद्र तटबाट २०० नौटिकल माइल (लगभग ३७० किलोमिटर) र पलावन टापुबाट १४० किलोमिटरको दूरीमा अवस्थित छ । यो क्षेत्र उसको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विशेष आर्थिक क्षेत्र (सेज) मा पर्दछ ।

सेकन्ड थोमस शोलमा दुई दशकदेखि फिलिपिन्सले आफ्नो नौसेना जहाज ‘बिआरपी’ सिएरा माद्रे तैनाथ गरेको छ । यसमा फिलिपिनी मरीनको एक सानो टुकडी तैनाथ छ । चीनले पनि यस क्षेत्रमा निगरानीका लागि आफ्ना धेरै बोटहरू र तट रक्षकलाई तैनाथ गरेको छ । यही कारणले गर्दा दुवै देशका जहाजहरू यहाँ अक्सर ठोक्किन्छन् । सेकेन्ड थोमस शोललाई चीनले साबिना शोल भन्छ र यसमा उसले दाबी गर्छ ।

यो क्षेत्र चीनको हाइनान टापुबाट करिब १००० किलोमिटर टाढा छ । वास्तवमा, दक्षिण चीन सागरको करिब ८० प्रतिशत क्षेत्रमा आफ्नो दाबी गर्दै आएको छ । यो एउटा यस्तो समुद्री क्षेत्र हो जहाँ प्राकृतिक तेल र ग्यास प्रचुर मात्रामा उपलब्ध छ । यसै कारणले यस क्षेत्रमा रहेका कुनै पनि देशले दक्षिण चीन सागरको दाबी छोड्न चाहँदैनन् । यही कारणले चीनको यस क्षेत्रमा लिएर धेरै देशहरूसँग विवाद चलिरहेको छ ।

साथै विश्वभर हुने व्यापारको ८० प्रतिशत समुद्री मार्गबाट हुन्छ । र करिब एक तिहाइ व्यापार यही साउथ चाइना सीको मार्गबाट हुन्छ । यस क्षेत्रबाट वार्षिक रुपमा करिब ३.३७ ट्रिलियन डलरको व्यापार हुँदै आएको छ । यसैले पनि यस क्षेत्रमा धेरै देशको नजर पर्नु स्वभाविक मानिन्छ । विशेषगरी चीनसँग अन्य मुलुकहरुको विवादमध्ये प्रमुख कारण यही व्यापारिक मार्ग पनि एक हो ।

ताइवानसहित अन्य दर्जन जति चीनका छिमेकी देशहरु यही विषयलाई लिएर पनि रुष्ट बन्दै आएका छन् । यस्तै चीन र अमेरिकाबीच विवादको एक कारण यही क्षेत्र पनि हो । पछिल्लो विवादबारे चिनियाँ कोस्टगार्डले फिलिपिन्सलाई चेतावनी दिँदै भनेको छ, ‘ उक्साउने, तनाब सिर्जना गर्ने र हाम्रो क्षेत्रमा आउने कुनै पनि गतिविधिलाई हामी परास्त परिदिन्छौं ।’

फिलिपिन्सको कोस्टगार्डले भने आफ्नो जहाजलाई उक्त क्षेत्रबाट पछि नहटाउने चेतावनी दिएको छ । ‘प्रताडित गर्ने र हेप्ने हर्कत साथै चीनको तनाब बढाउने कदमका बावजुद हाम्रो जहाज सोही क्षेत्रमा खडा रहनेछ,’ फिलिपिन्सको कोस्ट गार्डले भनेको छ । यस विवादलाई लिएर अमेरिकाले पनि प्रतिक्रिया जनाएको छ ।

फिलिपिन्सस्थित अमेरिकी राजदूतावासले फिलिपिन्सको जहाजलाई चीनले यसअघि पनि कैयौं पटक ठक्कर दिँदै आएको भन्दै चीनको गतिविधिप्रति असन्तुष्टि जनाएको छ ।चिनियाँ ठक्करका कारण फिलिपिन्सको ९७ मिटर लामो जहाज टेरेसा मेगबनुआमा क्षति पुगेको अमेरिकी दूतावासको भनाइ छ । यसैबीच फिलिपिन्समा अवस्थित अमेरिकी राजदूत मेरिके एल कार्लसनले यस क्षेत्रमा चीनको यस्तो कारबाहीलाई खतरनाक भएको संज्ञा दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै चीनले पटक पटक अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको आरोप लगाएका छन् । साथै फिलिपिन्सको जहाजमाथि ठक्कर दिएको घटनाप्रति आपत्ति जनाए । फिलिपिन्सको जहाज सागरको इक्सक्लुसिभ इकोनोमिक जोन (ईईजेड)मा रहेको समयमा चीनले ठक्कर दिएको भन्दै त्यसप्रति राजदूतले आपत्ति जनाएका छन् ।

अमेरिकी राजदूत कार्लसनले अमेरिका फिलिपिन्सको साथमा रहेको जनाएका छन् । त्यसो त चीन र ताइवानबीचको विवादमा पनि अमेरिकाले पटक पटक चीनलाई दबाब दिँदै आएको छ । चीनले भने फिलिपिन्स र अमेरिकाले यस क्षेत्रमा कैयौं पटक तनाब बढाएको बताउँदै आएका छन् । गत साता चिनियाँ रक्षा मन्त्रालयले अमेरिकाले फिलिपिन्सलाई उक्साउँदै भड्काउने गतिविधि गरिरहेको भन्दै अमेरिकाको भूमिकाप्रति आपत्ति जनाएको थियो ।

यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top