Nepal Times
Nepal Times
3
Shares

किमले चीनले निर्माण गरेको कोरोना खोप लगाएको अमेरिकी विज्ञको दाबी

किमले चीनले निर्माण गरेको कोरोना खोप लगाएको अमेरिकी विज्ञको दाबी

१६ मंसिर, एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले चीनले निर्माण गरेको कोरोनाविरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् ।

जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई भर्खरै त्यो खोप दिइएको बताएका हुन् ।

ह्यारी काजियानियासले लेलेको एक लेखमा उत्तर कोरियाली नेता किम, वरिष्ठ सरकारी अधिकारीहरू र किमका परिवारका सदस्यहरूले एकरदुई हप्ताभित्रै चीनमा निर्माण गरिएको खोप लगाएको बताइएको छ ।

काजियानियास अहिले वाशिङ्टनमा रहेको सेन्टर फर नेशनल इन्ट्रेस्ट थिङ्क ट्याङ्क संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ठ निर्देशक छन् ।

लेखमा उनले दुई जना अपरिचित जापानी गोप्य स्रोत उल्लेख गरेका छन् । तर चीनमा परीक्षणकै क्रममा रहेका केही खोपमध्ये कुन खोप किम र उनका परिवारका सदस्यले लगाएका हन् भन्ने खुलाइएको छैन ।

चीनमा अहिले तीनदेखि चार किसिमका खोप परीक्षणका क्रममा रहेका छन् । तीमध्ये एउटा खोप चीनभित्रै झण्डै १० लाख व्यक्तिलाई लगाइएको छ । तर खोपको नतिजा सार्वजनिक नगरिएकाले यसको प्रभावकारिता र सुरक्षाका विषयमा निक्र्योल हुन सकेको छैन ।

उत्तर कोरियामा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणका बारेमा केही जानकारी सार्वजनिक गरिएको छैन । तर गएको जनवरीदेखि नै उत्तर कोरियाली सीमामा निकै कडाइ गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.