×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कीर्तिमानी सातौँ पटक आईपीएलको फाइनलमा चेन्नर्इ

९ जेष्ठ २०७५

जारी भारतीय क्रिकेट लिग (आइपिएल)मा मंगलबार चेन्नई सुपर किङ्सले सनराइजर्स हैदराबादलाई दुई वीकेटले पराजीत गरेको छ। जीतससँगै चेन्नई आइपिएलको फाइनलमा पुगेको छ।

जीतका लागि फाफ डु पेलिसको नटआउट ६७ रन जीतको मूख्य कारक बन्यो। उनले ४२ बलमा ६७ रन बनाएका थिए। अन्तिमसम्म रोमाञ्चक बनेको सो खेलमा उनले पाँच चौका र चार छक्का प्रहार गरेका थिए।

१४० रनको लक्ष्य लिएर जवाफी ब्याटिङका लागि मैदानमा उत्रेको चेन्नईले ५ बल बाँकी छँदा ८ वीकेटको क्षतिमा जित हासिल गर्‍यो।

वानखडे क्रिकेट मैदानमा टस जितेर चेन्नईका कप्तान मेहन्द्र सिंह धोनीले हैदराबादलाई ब्याटिङको निम्तो दिएका थिए।

हैदराबाटले कार्लोस ब्रेथवेटको नटआउट ४३ रनको साहारामा २० ओभरमा सात वीकेट गुमाएर चेन्नईका लागि छोटो लक्ष्य दिएको थियो। तर सो छोटो लक्ष्य पछ्याउन  चेन्नईलाई हैदराबादका बलरहरूले एकसमय एकदमै हम्मेहम्मे बनाइदिएका थिए। अन्तिम ओभरतीर मात्रै हैदराबादका बलहरूले धेरै रन खर्चेका थिए।

चेन्नईको जीतका लागि शारदुल ठाकुरले पनि पाँच बलमा नटआउट १५ रनको योगदान दिए। खेलमा  पेलिस म्यान अफ द म्याच घोषित भए।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top