×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कीर्ते मुद्दामा पूर्व डीआईजी सिलवालविरुद्ध जाहेरी दर्ता, प्रहरीले थाल्यो अनुसन्धान

५ पुष २०७४

काठमाडौं–  पूर्व डिअाइजी तथा  नवनिर्वाचित प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालविरुद्ध सर्वोच्च अदालतमा कीर्ते जाहेरी दर्ता भएको छ ।

उनीविरुद्ध सरकारको तर्फबाट आज अदालतमा कीर्ते जाहेरी दर्ता भएको महानगरीय प्रहरी परिसर काठमाडाैंका प्रमुख एसएसपी रवीन्द्र धाकुनले जानकारी दिए ।

उनीमाथि आइजीपी नियुक्तिको विवादका क्रममा  कार्यसम्पादन मूल्यांकन फाइल कीर्ते गरेको अभियोग छ ।   सरकारले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्दा आफू सिनियर भएको दाबी सहित उनी सर्वोच्च पुगेका थिए । तर, उनले रिट निवेदनमा  संलग्न गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको ठहर भएको थियो ।

यही विवादमा सर्वोच्चले  तयार पारेको फैसलाको पूर्ण पाठमा  सिलवालले बढुवाका लागि प्रस्तुत गरेको कार्य सम्पादन मुल्याङ्कन गलत रहेको ठहर गर्दै कारवाही गर्न आदेश गरेको थियो ।

फैसलाको पूर्ण पाठबाट तत्कालिन प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले सर्वोच्च अदालतमा बढुवाका सन्दर्भमा पेस गरेको कार्य सम्पादन मुल्याङ्कन फारममा अंक फरक पारेको विषयमा अनुसन्धान गरी त्यस्तो फरक कार्य सम्पादन मुल्याङ्कन र पेस गर्ने विरुद्ध कारवाही चलाउन नेपाल सरकारका नाममा आदेश दिइएको थियो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ जना न्यायाधीशको बृहत पूर्ण इजलासले उक्त फैसलाको पूर्णपाठमा तयार पारेको थियो ।

यसैगरी अदालतले अधिवक्ता कपिलदेव ढकालले नवराज सिलवालको बढुवाका लागि सार्वजनिक सरोकारको सिद्धान्तको विरुद्ध रिट दायर गरेको ठहर गर्दै उनलाई समेत कारवाही गर्न समेत नेपाल बार काउन्सिलमा लाई समेत लेखि पठाउन आदेश गरेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top