Nepal Times
Nepal Times
3
Shares

कुटपिटको घटनापछि बाँकेमा निरन्तरको प्रर्दशन

कुटपिटको घटनापछि बाँकेमा निरन्तरको प्रर्दशन

३१ भदौ, बाँके ।

नेपाली कांग्रेस बाँके सभापति किरण कोइरालामाथि कुटपिट गरिएको घटनालाई लिएर बाँकेमा निरन्तर विरोध प्रर्दशन भएको छ ।

शुक्रबारदेखि जारी आन्दोलनको चौथो दिन मंगलबार नेपालगन्जको धम्बोजी चोकमा कांग्रेसको भातृसंगठन तरुण दलले टायर बालेर बिरोध जनाएको छ ।

आन्दोलनमा बोल्दै कांग्रेसका प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमालले सरकारले दोषिमाथि कारबाही नगरे आन्दोलनले अझै चर्को रुप लिने चेतावनी दिए ।

सोमबार जिल्ला प्रहरी कार्यालयमा एक घन्टा धर्ना बसेर युनियनले विरोध जनाएको थियो भने बुधबार महिला संघले आन्दोलन गर्ने योजना रहेको महाधिवेशन प्रतिनिधी लक्ष्मी नारायण शाहले बताए ।

केन्द्रीय सदस्य भरतबहादुर न्यौपानेले घटनालाई प्रोत्साहन गर्न बाँके प्रहरी प्रशासन सरकारको पछाडि लागेको आरोप लगाए । मुख्य अभियुक्तको खोजी गरेर कानुनी कारबाही नहुँदासम्म आन्दोलन नरोकिने कांग्रेसका नेताहरुले बताएका थिए ।

कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्र्तगत दोस्रो चरणको कार्यक्रम चलिरहेको बेला बिहीबार नेकपाका कार्यकर्ताले सभापति कोइरालामाथि कुटपिट गरेको कांग्रेस बाँकेले जनाएको छ । नेकपा कार्यकर्ताको कुटाइबाट कोइरालाको हात भाँचिएको कांग्रेसले दाबी गर्दै आएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.