Nepal Times
Nepal Times
3
Shares

कुमारी बैंकको ‘परिवार सुरक्षा बचत’ योजना सार्वजनिक

कुमारी बैंकको ‘परिवार सुरक्षा बचत’ योजना सार्वजनिक

१२ साउन, काठमाडौँ ।
कुमारी बैंकले ‘परिवार सुरक्षा बचत खाता’ नयाँ योजना सार्वजनिक गरेको छ । परिवारका मुख्य सदस्यले न्यूनतम १० हजारको खाता खोलेपछि परिवारका अन्य ३ जना सदस्यले पनि २६ लाखसम्मको विमा सुविधा पाउने गरी बैंकले ल्याएको सो योजना आइतबार पत्रकार सम्मेलन गरी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले सार्वजनिक गरे ।

योजनामा कम्तीमा १० हजारको खाता खोल्दा उसका परिवारका अन्य ३ जना सदस्यले पनि विमाको सुविधा पाउनेछन् । त्यसैगरी सो नयाँ योजनामा खातावाला एक जनाका परिवारका चारै जना सदस्यले स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना भएमा १ लाखसम्मको औषधि उपचारको विमा सुविधा पनि उपलब्ध गराउने व्यवस्था गरिएको पनि प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए ।

यो योजना अन्तरगत दम्पत्तिलाई १०÷१० लाखका दरले २० लाखसम्म आकस्मिक दुर्घटना विमा हुने व्यवस्था पनि गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.