×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कुलमानका लागि सडकमा उत्रिए भिक्षुहरु

२३ चैत्र २०८१

२४ चैत , काठमाण्डौ ।

कुलमान घिसिङको पक्षमा आज काठमाडौंमा र्याली निकालिएको छ । जसमा भिक्षुहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । सरकारले पदबाट हटाउनासाथ कहिले राजावादीहरुको आन्दोलन त कहिले काठमाडौं महानगरपालिकाको कलह, कहिले शिक्षकहरुको आन्दोलनका कारण ओझेलमा परेको कुलमान घिसिङ बर्खास्तीको विषय अब भने सडकमा देखिन थालेको छ ।

उनको बर्खास्तीको पहिलो र दोस्रो दिनसमेत काठमाडौंसहित देशकका विभिन्न स्थानमा कुलमान घिसिङका समर्थकहरुले प्रदर्शन गरेका थिए । तर त्यसपछि भने केही सेलाएको जस्तो देखिएको थियो । अब भने फेरि उनका समर्थकहरु काठमाडौंमा प्रदर्शनी निस्किएका छन् ।

आज काठमाडौंको माईतीघर मण्डलामा कुलमानका पक्षधरहरुले प्रदर्शन गरेका छन् । कुलमानका समर्थकहरुले देशको शान कुलमान घिसिङ, कुलमान हाम्रो शान हो, देश र जनताको मान हो, पूरा नेपाल झलमल्ल छ, जनताको मनमा कुलमान छ, उज्यालो नेपालका नायक कुलमान घिसिङ, कुलमान घिसिङलाई कार्यकारी राष्ट्रपति बनाउनु पर्छ, जस्ता प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।

कुलमान घिसिङका लागि उनको पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समिति नै बनेको छ । यसको नाममा आज काठमाडौंमा प्रदर्शन भएको हो । जसमा विभिन्न संघ÷संगठन तथा सर्वसाधारणको पनि सहभागिता रहेको थियो ।

बौद्ध भिक्षुहरूसमेतको सहभागिता रहेको ¥यालीमा कुलमानलाई अपमानजनक ढंगले निकालिएको लगायतका नारा लगाइएको थियो । सरकारले चैत ११ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले दोस्रो पटक कुलमानलाई २०७८ साल साउन २६ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

सरकारले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरेको थियो ।

२०७३ भदौ २९ को पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् निर्णयबाट पहिलोपल्ट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त कुलमानलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top