×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कुलमानको पक्षमा सर्वोच्चको आदेश,उर्जामन्त्री माथि नैतिक प्रश्न

३ चैत्र २०८१

४ चैत , काठमाण्डौ । 

सर्वोच्च अदालतले डेडिकेटेड फिडर तथा ट्रंकलाइन महसुल विवादमा टाइम्स अफ डे मिटरिङ (टीओडी) मिटर अध्ययनका लागि गठन भएको अरविन्द कुमार मिश्र नेतृत्वको कार्यदललाई तत्काललाई काम गर्न रोक लगाएको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उक्त कार्यदललाई काम गर्न तत्कालका लागि रोक लगाउने गरि अन्तरिम आदेश जारी गरेको हो ।

गत मंसिर १३ गते अधिवक्ता खडानन्द कँडेल सहितले उर्जा जलस्रोत तथा संचाई मन्त्रालय, मन्त्री दीपक खड्का, मन्त्रीस्तरीय निर्णयबाट मंसिर २ गते गठित टीओडी मिटर छानबिन कार्यदलका संयोजक प्राडा. अरविन्द कुमार मिश्र, सदस्य चार्टर्ड एकान्टेन्ट सुजन कुमार काफ्ले र श्रीरामराज पाण्डेविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

‘ऊर्जा मन्त्रालयले गठन गरेको टीओडी मिटर जाँच समितिलाई काम गर्न रोक लगाउन माग गरेका थियौं,’ कँडेलले भने, ‘माग अनुसार अदालतले अन्तरिम जारी गरेको छ ।’ विवादित विषयमा संसदीय समितिहरुमा समेत छलफल भइरहेको समयमा यसरी छुट्टै समिति गठन गर्नु कानुनसम्म नभएकोले खारेजीको माग रिटमा गरिएको छ ।

प्राधिकरण र उद्योगीबीच विवाद उत्कर्षमा पुगेपछि मन्त्री खड्काले कार्यदल गठन गरेका थिए । अब सर्वाेच्चले नै उक्त कार्यदललाई काम गर्न रोकेपछि उर्जामन्त्रीमाथि नैतिक प्रश्न उठेको छ । कार्यदललाई प्राधिकरणले काटेको बिल टीओडी मिटरअनुसार भए÷नभएको र गणना गरेको मिले÷नमिलेको जाँच गर्ने अधिकार दिइएको थियो ।

लाल आयोगको प्रतिवेदन र प्राधिकरणले काटेको बिलको कार्यदलले अध्ययन गर्ने र त्यसअनुसार नमिले सच्याउन सिफारिस गर्ने कार्यादेश पाए पनि प्राधिकरणले टीओडी मिटरको डाटा उपलब्ध नगराएपछि कार्यदलले काम गर्न सकेको थिएन ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कार्यदललाई अवैधानिक भन्दै टीओडी मिटरको डाटा दिन अस्वीकार गरेपछि सरकारले उनलाई स्पष्टीकरणसमेत सोधिसकेको छ ।

कँडेलले मिश्र संयोजकत्वको समितिलाई जाँचबुझ गर्ने, प्रमाणीकरण गर्ने र प्रतिवेदन पेस गर्ने तथा कार्यान्वयन गर्ने कार्य नगर्न÷नगराउन भन्दै अन्तरिम आदेश जारी गर्न माग गरेका थिए ।

‘मिश्र संयोजकत्वमा गठित समितिले कामकारबाही गर्दाको समयदेखि नै राज्यको साधनस्रोत दुरुपयोग हुने र प्रारम्भदेखि नै गैरकानुनी कार्य भई राज्यकोषको रकममा क्षति पु¥याउने कार्य हुने भएकाले निवेदनको अन्तिम किनारा नभएसम्म ऊर्जा मन्त्रालयको मंसिर २ को निर्णय र सोही मितिको च.नं. ४३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिपाऊँ,’ कँडेलले दायर गरेको रिट निवेदनमा उल्लेख छ ।

सदस्यहरूमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकर्मचारी रामराज पाण्डे र चार्टर्ड एकाउन्टेन्ट (सीए) सुजनकुमार काफ्ले थिए । मिश्र संयोजकत्वको समिति डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा टाइम अफ डे (टीओडी) मिटर अध्ययन गर्न गठन गरेको थियो ।

तर नेपाल विद्युत् प्राधिकरणले अदालत वा विद्युत् नियमन आयोगमार्फत यस्तो समिति गठन हुनुपर्ने अडान लिँदै आएको थियो । ऊर्जामन्त्री खड्काले भने समितिको तलबभत्ता, कार्यालय सञ्चालन सामग्रीदेखि सवारीसाधनसम्म प्राधिकरणले बेहोर्नुपर्ने जनाउँदै आएका छन् ।

त्यसका लागि मन्त्रालयले समितिलाई आवश्यक तथ्यांकदेखि सेवासुविधासमेत उपलब्ध गराउन भन्दै प्राधिकरणलाई पत्र काटेको थियो । तर प्राधिकरणले समितिलाई अवैध बताउँदै तलबभत्तादेखि तथ्यांक उपलब्ध नगराउने जानकारी गराएको थियो ।

पुस ३ मा नियुक्त भएका बोर्डका नयाँ सदस्यद्वय बलबहादुर पराजुली र लक्ष्मण केसीको स्वागतका लागि ४ गते बैठक राखिएको थियो । तर मन्त्री खड्काले समितिका सदस्यलाई सेवासुविधादेखि तथ्यांक उपलब्ध गराउनुपर्ने भन्दै प्रस्ताव राखेका थिए ।

सेवासुविधा उपलब्ध गराउने प्रस्तावमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । प्रस्तावमाथि उक्त दिन छलफल भए पनि पारित हुन सकेन ।

पछि बहुमतले पारित गरेको थियो । आफूले नोट अफ डिसेन्ट लेखेको विषय वैध नै रहेको अदालतको फैसलाले समेत प्रमाणित गरेको घिसिङले जनाएका छन् । डेडिकेटेड ट्रंकलाइन बक्यौता विवाद अध्ययन गर्न २०८० पुस २४ मा बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गर्ने र तत्काल बिजुली जोड्ने निर्णय गरेको थियो ।

ऊर्जा सचिव र उद्योग सचिव सदस्य रहने गरी गठित आयोगले २०८१ वैशाख २३ मा तत्कालीन ऊर्जामन्त्री शक्ति बस्नेतसमक्ष प्रतिवेदन बुझाएको थियो । गत कात्तिक २५ मा बसेको मन्त्रिपरिषद् बैठकले आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय ग¥यो ।

साथै डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूले खपत गरेको विद्युत्को बक्यौता रकम (टीओडी मिटरसमेतको आधारमा) महसुल निर्धारण तथा असुलीसम्बन्धी तत्काल प्रचलित कानुनबमोजिम गणना गरी १५ दिनभित्र असुलउपर ऊर्जा मन्त्रालयले गर्ने निर्णय गरेको थियो । ऊर्जामन्त्री खड्काले मन्त्रिपरिषद्को सोही निर्णयलाई टेकेर मिश्र संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top