×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कुलमानले फेरि कमाल गरे, ६ महिनामा ११ अर्ब नाफा

१६ फाल्गुन २०८१

१४ फागुन, काठमाण्डौ।

उर्जामन्त्री र सरकारले पदबाट हटाउनका लागि लगातार स्पष्टीकरण सोधिरहेका कुलमान घिसिङ नेतृत्वको नेपाल विद्युत् प्राधिकरण ले चालू आर्थिक वर्ष २०८१÷८२ को पहिलो छ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ।

यो तथ्यांक सार्वजनिक भइरहँदा उर्जा मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच मनमुटाव रहेको चर्चा चुलिएको छ। मन्त्री दप्कि खड्का कुनैपनि बेला कुलमानलाई हटाउने योजनामा छन् भने किन पदबाट नहटाउने भन्दै उनले ४ दिन अघि मात्रै कुलमानलाई स्पष्टीकरण सोधेका छन् ।

यसको जवाफ पनि कुलमानले दिइसकेका छन् । उर्जामन्त्री कुलमानलाई हटाउने योजनामा रहदा उर्जा राज्यमन्त्री कान्छाराम तामाङ भने कुलमानलाई हटाउन नहुने पक्षमा छन् । प्राधिकरणले साउनदेखि पुससम्म विद्युत् बिक्री, ब्याज तथा अन्य स्रोतबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ भने विद्युत् खरिद, प्रशासनिक तथा अन्य खर्च गरी ५९ अर्ब ८ करोड रुपैयाँ व्यय गरेको छ।

यसरी कर पूर्वको नाफा ११ अर्ब ३६ करोड रुपैयाँ रहेको देखिन्छ। तुलनात्मक रूपमा, आर्थिक वर्ष २०७२÷७३ मा प्राधिकरण ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको थियो। कुलमान घिसिङको नेतृत्वपछि नेवि प्राले लगातार नाफा कमाइरहेको देखिन्छ, जसको प्रमाण आर्थिक वर्ष २०८०÷८१ मा भएको १४ अर्ब ४६ करोड रुपैयाँ नाफा हो।

नाफा वृद्धिको मुख्य कारकहरू मध्ये एक भारततर्फ भएको विद्युत् निर्यात हो। साउनदेखि पुससम्म नेपालले १ अर्ब ७७ करोड १८ लाख युनिट विद्युत् भारतलाई बेचेर १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरेको छ।

अर्कोतर्फ, भारतबाट २४ करोड २० लाख युनिट विद्युत् आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ। यसले देखाउँछ कि नेपालले स्वदेशी उत्पादनमा ध्यान दिँदै विद्युत् व्यापारलाई सन्तुलित रूपमा सञ्चालन गरिरहेको छ।

नेपाल विद्युत् प्राधिकरणले आर्जित नाफाबाट विद्युत् उत्पादन, प्रसारण तथा वितरणको पूर्वाधार विस्तार र सुदृढीकरणमा लगानी गरिरहेको छ। हाल चालू आर्थिक वर्षमा मात्रै १३ अर्ब ३५ करोड रुपैयाँ विभिन्न आयोजना तथा विद्युतीकरणमा खर्च गरिएको छ।

वैदेशिक सहायता अन्तर्गत १० अर्ब ४९ करोड रुपैयाँ सोझै भुक्तानीमा प्रयोग गरिएको छ। तर, यति ठुलो वित्तीय उपलब्धि हुँदाहुँदै पनि उर्जा मन्त्रालय र प्राधिकरण नेतृत्वबीच देखिएको मनमुटावले यस क्षेत्रलाई असर गर्ने खतरा देखिन्छ।

कुलमान घिसिङ नेतृत्वमा विद्युत् घाटाबाट नाफामा परिणत भएको प्राधिकरणको सफलताका बाबजुद पनि, सरकार र प्राधिकरण नेतृत्वबीचको टकरावले दीर्घकालीन योजनाहरूमा अवरोध सिर्जना गर्न सक्छ।

ऊर्जा क्षेत्रमा लगानी, नयाँ आयोजनाहरूको कार्यान्वयन तथा भारतलगायत अन्य देशहरूसँगको व्यापार सम्झौतामा यस विवादले असर गर्नसक्ने देखिन्छ। नाफा वृद्धिको निरन्तरता कायम राख्न प्राधिकरणलाई स्वायत्त रूपमा अघि बढ्न दिनु जरुरी छ।

विद्युतीकरणका परियोजनाहरूलाई तीव्रता दिँदै दीर्घकालीन उर्जा नीति स्पष्ट गर्न सरकारले प्राथमिकता दिनुपर्ने देखिन्छ। अन्यथा, राजनीतिक हस्तक्षेपले प्राधिकरणको वित्तीय स्थायित्व र कार्यक्षमतामा असर गर्ने सम्भावना रहन्छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top