×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कुलमान कसरी बने उज्यालोको नायक ? क्रान्ति नायकलाई नमन !

११ चैत्र २०८१

१३ चैत , काठमाण्डौ।

देशमा दैनिक १२ घण्टा लोडसेडिङ थियो । इन्भर्टर र ब्याट्रीको आयात उच्च विन्दुमा पुगेको थियो । दैनिक जसो मैनबत्ती उद्योगहरू खुली रहेका थिए । जनतालाई बिजुली बत्ती भनेको आकाशको फल जस्तै भएको थियो ।

बिजुली मध्यराति सबै जनता सुतिसकेपछि आउँथ्यो र जनता उठ्नु अघि नै गई सक्थ्यो । त्यसै बेला २०७३ भदौ २९ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्त भएका थिए ।

उनले कार्यभार सम्हाल्दा नेपालभर दैनिक करिब ८ देखि १२ घण्टा लोडसेडिङ भइरहेको थियो । कतिपय स्थानमा अझ बढी घण्टासम्म पनि लोडसेडिङ हुने गरेको थियो। जब उनको कमान्डमा प्राधिकरण आयो त्यसको दुई महिनापछि क्रमशः लोडसेडिङ घट्दै जान थाल्यो ।

२०७४ वैशाख सम्म काठमाडौँ उपत्यका पूर्ण रूपमा अध्यारोबाट मुक्त बन्यो । काठमाण्डौंलाई लोडसेडिङ मुक्त घोषणा गरियो । २०७५ सालतिर आएर नेपालभर नै औपचारिक रूपमा लोडसेडिङ अन्त्य भएको घोषणा गरियो ।

यसको सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारीमा थिए कुलमान घिसिङ । यसैले यसको सबै श्रेय कुलमानलाई जान्छ । कुलमान घिसिङलाई २०७३ साल भदौ २९ गते तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माको सिफारिसमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

प्रचण्ड प्रधानमन्त्री भएका बेला दोस्रो पटक २०७८ साल साउन २७ गते पुनः कुलमान प्राधिकरणमा दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए । प्रचण्डले कुलमानलाई २ पटक नियुक्त गरेभने प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानलाई दुबै पटक निकालेका छन् ।

कुलमानको बर्खास्तगीसँगै आखिर कुलमान को हुन् ? उनले जीवनमा कसरी प्रगति गरे ? के के हन्डरहरू खाए ? कसरी बने उज्यालोको नायक ? किन एउटा सामान्य सरकारी कर्मचारीका होडिङ बोड टाँगिए देश भर ?

अनि किन तिनै कुलमान ओली सरकारका लागि कसिंगर बने ? भन्ने प्रश्न मात्र उठेको छैन सडकमा आगो समेत बल्न थालेको छ । रामेछापको दुर्गममा अवस्थित सरकारी स्कुलमा पढेका कुलमान सामान्य किसानका छोरा हुन ।

देशलाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियन्ता कुलमान नेपालकै इतिहासमा सबै भन्दा बढी जनताले रुचाएका एक कर्मचारी हुन भन्दा फरक पर्दैन । उनले गाउँमा टुकी बालेर पढे ।

राति अबेरसम्म टुकी छेउमा बसेर पढ्दाको नमिठो अनुभव उनीसँग हुने नै भयो । कुनै बेला कुलमानले भनेका थिए ‘मैले काठमाडौँ आएपछि नै हो, बिजुली देखेको ।’ विद्यालयमा सधैँ प्रथम हुने कुलमानले जब काठमाडौँमा आएर बिजुली देखे, तब उनले कसम खाए– मेरो बेथान गाउँमा पनि यसै गरी बिजुली बाल्छु ।

कुलमानको कुनै बेलाको दैनिकी २ वर्ष सम्म नेपाल विद्युत् प्राधिकरणमा हाजिर गर्ने र घर जाने मात्रै थियो । चिलिमेबाट केन्द्रमा तानिएपछि उनलाई प्राधिकरणले कुनै जिम्मेवारी नै दिएन । तर, जब उनी कार्यकारी निर्देशक बनेर आए, उनले आफूले के गर्न सक्छु भनेर देखाउन समय नै लागेन ।

कुलमानको प्राथमिक शिक्षा गाउँमै बित्यो । ५ कक्षा पास गरेपछि उनी दाइहरूसँग काठमाडौँ आए । काठमाडौंकोे सरकारी स्कुल बाल सेवा माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना भए । कुलमान त्यहाँ पनि प्रथम नै भए । त्यसपछि उनी बोडिङमा भर्ना भए ।

एसएलसीमा धेरैले कुलमान बोर्डमा पर्ने आस गरेका थिए । तर, कुलमानको ४ नम्बर पुगेन । त्यसपछि उनले अस्कल क्याम्पसबाट आईएस्सी गरे । त्यसपछि उनी छात्रवृत्तिमा भारतमा पढ्न गए ।

जम्सेदपुरबाट सन् १९९४ मा बीएस्सी इलेकट्रिकल इन्जिनियर गरेपछि करिब ०५१ तिर उनी स्वदेश फर्केर नेपाल विद्युत् प्राधिकरणमा सातौँ तहको इन्जिनियरको जागिरे भए । काम गर्दै पढ्ने क्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गरे ।

कुलमानले ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमान्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका थिए । कुलमान इञ्जिनियरमात्रै होइनन्, कुशल व्यवस्थापक पनि हुन् । उनले पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा इएमबीए पनि गरेका छन् ।

प्राधिकरणमा काम गर्दागर्दै कुलमानले चिलिमेको जिम्मेवारी पाए । जति बेला उनी दसौँ तहमा थिए । उनले नेपालको लगानीबाट पनि विद्युत् परियोजना सफल रूपमा बनाउन सकिन्छ भनेर प्रमाणित गरे, जुन उनको आफ्नो व्यक्तिगत करिअरका लागि टर्निङ प्वाइन्ट बन्यो ।

चिलिमेको सेयर जनताका हातबाट दलालहरूले फुत्काउन थालेपछि घिसिङले एउटै गाउँको करिब ७ करोड रुपैयाँ बराबरको सेयर फिर्ता गराए । यो घटनाले गर्दा रसुवाका जनताले कुलमानलाई आँखाको नानीभित्र राखेका छन् ।

तर, दुर्भाग्य कुलमान आयोजनाबाट प्राधिकरणको केन्द्रमा तानिए । केन्द्रमा आएपछि उनले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाएनन् । झन्डै २ वर्ष कार्यालय गएर हाजिर गर्ने र घर फर्कने दैनिकी बन्यो ।

अवस्था यस्तो आइसकेको थियो कि उनी राजीनामा दिने मुडमा पुगेका थिए । एकातिर विद्युतको चोरी र कालोबजारी भइरहेको र अर्कातिर जनतामा लोडसेडिङको मार खेप्न बाध्य पारिएको देखेपछि उनी राजीनामा दिने मुडमा पुगे ।

तर, प्रचण्ड नेतृत्वको सरकारले उनलाई विश्वास गरेर जिम्मेवारी दियो र उनले झन्डै २ महिनाकै अवधिमा मुलुकमा केही गर्न सकिन्छ भन्ने सकारात्मक सङ्केत दिएपछि रातारात कुलमान उज्यालोका नायक बने ।

३८ अर्ब घाटामा रहेको प्राधिकरणलाई नाफामा रूपान्तरण गर्ने, विद्युत् चरम चोरी नियन्त्रण गर्ने, विद्युत् आपूर्ति सुधार गर्ने, भारतसँग बिजुली निर्यात सुरु गर्ने अनि अँध्यारोबाट देशलाई उज्यालोमा ल्याउने कुलमान घिसिङलाई ओली सरकारले उपहार स्वरुप कार्यकाल सकिन मात्र ४ महिना बाकी हुँदा पदबाट बर्खास्त गरेको छ ।

कुलमान घिसिङ नेपालका एक इमानदार, दूरदर्शी, र निडर नेतृत्वकर्ता हुन्। उनको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणले ऐतिहासिक सफलता प्राप्त गरेको छ। लोडसेडिङ हटाएर मात्र होइन, प्राधिकरणलाई आर्थिक रूपमा बलियो बनाएर उनले मुलुककै आर्थिक समृद्धिमा ठूलो योगदान दिएका छन्।

नेपालमा विद्युत् क्षेत्रमा आएको क्रान्ति भनेको कुलमान घिसिङकै नेतृत्वको प्रतिफल हो। ऊर्जा क्रान्तिका नायकलाई नमन !

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top