×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कुलमान गठबन्धनको साझा उमेद्वार ,स्वतन्त्र चुनाव चिह्न लिएर चुनावमा जाने

१५ आश्विन २०७९

१५असोज,काठमाण्डौ ।
मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ काठमाडौं क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्ने भएका छन् ।यसअघि प्राधिकरणको कार्यकारी निर्देशक भएपछि लोकप्रिय बनेका घिसिङलाई नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनाउन प्रस्ताव गरेको थियो ।

तर घिसिङले भने स्वतन्त्र उम्मेदवार बन्ने इच्छा राखे ब्यक्त गरे । उनको इच्छाअनुसार नै सत्ता गठबन्धनले उनलाई साझा उमेद्वार बनाउने भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थनमा घिसिङ गठबन्धनको साझा उम्मेदवार बन्न लागेको बुझिएको छ ।

काँग्रेस र माओवादीको समर्थनमा उनी स्वतन्त्र चुनाव चिह्न लिएर चुनावमा जान लागेको बुझिएको छ । घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ अन्तर्गत बौद्धका बासिन्दा हुन् । यो क्षेत्रमा घिसिङको गृहजिल्ला रामेछाप र काभ्रेबाट आएका मानिसको बाक्लो बसोबास छ ।

अहिले काठमाडौं ३ कांग्रेस र काठमाडौं २ माओवादीले लिनेगरी गठबन्धनको बैठकमा छलफल भए पनि घिसिङले स्वतन्त्र रुपमा ३ मा जान चाहेको अवस्थामा सहमति बन्न सक्ने गठबन्धनका नेताहरुको भनाइ छ । घिसिङले भने प्राधिकरण छाडेर उम्मेदवार बन्ने कि नबन्ने भन्ने निर्णय सार्वजनिक गरिसकेका छैनन् ।

सकेसम्म निर्वाचन जित्ने माहोल बनेको अवस्थामा मात्र उनी खुलेर लाग्न सक्ने बुझिएको छ । विद्युत प्राधिकरणको नेतृत्वमा आएर लोडसेडिङ हटाएको जस लिएका उनी आफ्नो लोकप्रिय छवि गुमाउने पक्षमा छैनन् । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री भएका बेला विद्युत प्राधिकरणमा आएका घिसिङको कार्यकाल केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सकिएको थियो ।

घिसिङलाई नै प्राधिकरणको नेतृत्वमा दोहो¥याउन तीब्र दबाब भए पनि ओली नेतृत्वको सरकारले त्यसलाई अस्वीकार गरी हितेन्द्रदेव शाक्यलाई नेतृत्व दिने निर्णय गरेको थियो । ओली नेतृत्वको सरकार सर्वोच्च अदालतले अपदस्त गरेपछि देउवा नेतृत्वको सरकाले उनलाई प्राधिकरणमा ल्याएपछि हालसम्म उनी कार्यरत रहेका छन् । निर्वाचनगमा उम्मेदवार बनेमा उनले प्राधिकरणको जिम्मेवारीबाट राजीनामा दिनु पर्ने हुन्छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top