×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

१९ मंसिर २०८२

१८ मंसिर , काठमाण्डौ ।

नेपालमा ८ वर्षअघिसम्म वर्षायाममा समेत दैनिक आठ÷नौ घण्टा र सुख्खा याममा १८ घण्टासम्मको लोडसेडिङ हुने कहालीलाग्दो अवस्था थियो । सर्वसाधारण नागरिकका लागि राति वा बिहानको असुविधाजनक समयमा मात्र ४ देखि ६ घण्टा बिजुली उपलब्ध हुन्थ्यो ।

जसले दैनिक जीवन कठिन बनाएको थियो । साना व्यवसाय र उद्योगहरूले जेनेरेटरसहितका वैकल्पिक उपाय खोज्नु पर्याे । यसको मार जनताले नै खेप्नु पर्याे । यसले उत्पादन क्षमता २५ देखि ८० प्रतिशतले घट्यो। यसले थप महँगीको मार खेप्नु पर्याै ।

तर अहिले देश विद्युत्मा आत्मनिर्भर बन्दै वर्षायाममा देशभित्र खपत गरि दैनिक सातसय मेगावट भन्दा बढि निर्यात गर्ने अवस्थामा पुगेकोछ । २०७३ सालको तिहारको लक्ष्मी पूजाको दिनदेखि काठमाडौं उपत्यकाबाट प्रारम्भ गरिएको लोडसेडिङ अन्त्यको अभियानबाट २०७५ वैशाखबाट मुलुकभर लोडसेडिङ अन्त्य भएको छ।

नेपालमा लोडसेडिङ भन्ने वित्तिकै मनमस्तिष्कबाटै कुलमान घिसिङको नाम अग्रपंक्तिमा आउँछ । नेपाली जनताले कुलमानलाई उज्यालो नेपालमा अभियान्ताका रुपमा लोडसेसेडिङक किलरमा रुपमा चिन्ने गर्दछन् ।

नेपालका लोडसेडिङ अन्त्य हुनुमा धेरै कारणहरु रहेका छन् । तर कुलमानको कुशल ब्यववस्थापकीय क्षमताका कारण नै नेपालले कहालिलाग्दो १८ घण्टासम्मको लोडसेडिङबाट मुक्ति पाएको घटना कसैबाट नलुकेको विषय हो ।

तर पनि केही राजनीतिक नेतृत्व नेपालमा कुलमानलाई लोडसेडिङ अन्त्य गर्ने कुशल प्रशासकको श्रेय दिन कन्जुस्याई गर्दै आएका छन् । अझ आगामी निर्वाचनका लागि कुलमानले उज्यालो नेपाल पार्टीको अभिभावकीय नेतृत्व लिएपछि त झन उनी आँखाको कसिंगर बनेका छन् ।

उज्यालो नेपाल पार्टीको घोषणा सभामा प्रमुख अतिथिका रुपमा बुधबार उपस्थित भएका कुलमानले विगतको लोडसेडिङ, जनताले आफ्ना लागि उठाएको आवाज, आफ्नो उज्यालो नेपाल बनाउने सपनासँगै जलस्रोतको अपार संभावनाको विषय उठाए ।

यसले राजनीतिक नेतृत्वहरुलाई झनै तरंगित बनाइदिएको छ । उज्यालो नेपाल पार्टीको घोषणा र कुलमानले दिएको अभिब्यक्तिप्रति लक्षित गर्दै नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सार्वजनिक टिप्पणी गर्दै लोडसेडिङ अन्त्यको श्रेय केपी शर्मा ओलीलाई दिएका छन् ।

उनले नेपालको लोडसेडिङ हटाउन खास योजना बनाउनेले जस नपाएको गुनासो गरेका छन् । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको पहलमा बुधबार ‘उज्यालो नेपाल पार्टी’ घोषणा भएको प्रति लक्षित गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जालमा लोडसेडिङ हटाएको जसको विषयमा कुरा उठाएका हुन् ।

उनले सामाजिक सञ्जालमा भने, ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले । जसको योजना उसैलाई श्रेय दिने कहिले ?’ महासचिव पोखरेलले यसअघि नै नेपाललाई लोडसेडिङमुक्त गर्ने योजना एमालेको भएको दाबी गरेका थिए ।

पोखरेलले ७ मंसिर २०८१ मा काठमाडौंको दरबारमार्गमा एमालेले आयोजना गरेको जागरणसभामा लोडसेडिङ हटाउने योजना एमालेको भएको बताएका थिए । उक्त सभामा पोखरेलले भनेका थिए, ‘केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा नेपालमा १८ घण्टा लोडसेडिङ हुन्थ्यो ।

नेपालको जलस्रोतमा देखिएका समस्याहरूलाई समाधान गरी आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा पनि केपी शर्मा ओली रहनुभयो । एमाले महासचिव मात्रै होइन एमाले अध्यक्ष केपी शर्मा ओलीले नै आफ्नो योजनामा नै नेपालमा लोडसेडिङ अन्त्य भएको दाबी गर्दै आएका छन् ।

तर कुलमानलाई नेपाल विद्युत् प्राधिकरणबाट पहिलो पटक कार्यकाल सकिएपछि उनलाई नदोहोर्याउने भन्दै र दोस्रो पटक कार्यकालको ४ महिना बाँकीरहदै बर्हिगमन गराउने नेतृत्व भने ओलीले नै गरेका थिए ।

उनलाई लोडसेडिङ अनत्यको जस कुलमानले पाएको पटक्कै चित्त नबुझेको संकेत प्रतिनिधिसभाको बैठकमा नै ब्यक्त गरेका थिए । ओली सरकारकै उर्जा मन्त्री रहेका काग्रेस नेता दीपक खड्काले त झन नेपालको लोडसेडिङ कुलमानले नभई भारतले अन्त्य गरिदिएको भन्दै भारतलाई धन्यवाद दिएका थिए ।

मुलुकलाई १८ घण्टा लामो लोडसेडिङको कालरात्रिबाट मुक्त गर्दै टाट पल्टिन लागेको प्राधिकरणलाई नाफामा पुर्याएर कार्य सम्पादनमा अब्बल ठहरिएका कर्मठ कर्मचारीमाथि कारवाहीको तरबार उज्याउने सरकारको कदमलाई धेरैले विचौलिया र भ्रष्टाचारीको उक्साहटप्रेरित रहेको टिप्पणी गरेका छन् ।

कुलमानलाई नेपाल विद्युत् प्राधिकरणमा भित्र्याएपनि त्यसको जस आफूले नै लिने प्रयास तत्कालीन माओवादी अहिलेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि गरेका छन् ।

कुलमानलाई माओवादीमा भित्र्याउने प्रयास असफल भएपछि प्रचण्डले कुलमानले नभइ तत्कालीन समयमा आफू नेतृत्वको राजनीतिक नेतृत्वले नै लोडसेडिङ अन्त्य गरेको दाबी गरेका छन् । तर कुलमानका विषयमा उनले पटक पटक प्रशंसा भने गरेका छन् ।

एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रचण्डले कांग्रेस नेता डा. रामशरण महतले आफूलाई कुलमानसँग चिनाएको भन्दै उनको प्रशंसा गरेका थिए , ‘मलाई कुलमानसँग चिनाएकै महतजीले हो, बरु उहाँलाई धन्यवाद भन्न चाहन्छु । उहाँले कुलमानजस्तो क्षमतावान मान्छेलाई गुमाउनु हुँदैन भनेपछि मैले लौ न त एकपटक चेक गरौ भनेर प्राधिकरणमा लगेको हुँ । उहाँ गएको दुई तीन महिनामै…तिहारको लक्ष्मी पूजाको दिन हो क्यारे…लोडसेडिङ पनि गयो’, प्रचण्डले भनेका छन् ।

कुलमान घिसिङले आफ्नो पदबाट ४ वर्षे सेवाअवधि सकिएपछि ०७७ भदौमा विदा लिने बेलामा पनि राजनीतिक दल र तत्कालीन ओली सरकार भित्र पनि उनलाई निरन्तरता दिने कि विदा गर्ने भन्ने विषयसँग जोडेर लोडसेडिङ अन्त्यको श्रेयको विषयमा ठूलै राजनीतिकरण भयो ।

तर ढिलो चाडो कुलमानलाई फेरि दोस्रो पटक विद्युत प्राधिकरणमा फर्काएर ल्याइयो । उनी आएपछि उनले विद्युत व्यापार विस्तार गर्दै भारतलाई इतिहासमै पहिलो पटक नेपालबाट विजुली बेच्ने स्थानमा पुर्याए, प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने संस्था बन्यो ।

कारण, कुलमानको भूमिका,व्यवस्थापन, मेहनत,नेतृत्वको भूमिका जसको, जे जस्तो भएपनि कुलमान प्राधिकरणमा फर्किएर आएपछि नै यो उलब्धि हासिल भएको हो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top