Nepal Times
Nepal Times
3
Shares

‘केपीले पुन: दाबी गरेर भाँजो हाल्ने काम गरे, राष्ट्रपतिले हुँदैन भन्न सक्नुपर्थ्यो’

‘केपीले पुन: दाबी गरेर भाँजो हाल्ने काम गरे, राष्ट्रपतिले हुँदैन भन्न सक्नुपर्थ्यो’

९ असार, काठमाडौं ।

संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ जारी छ ।

अहिले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरिरहेका छन् । उनले बहसको क्रममा केपी शर्मा ओलीले विश्वासमा नपाउने बताएपछि पुनः प्रधानमन्त्रीमा दावी गर्नु भाँजो हाल्न काम मात्रै भएको तर्क गरे ।

‘केपी ओलीले भाँजो हाल्नमात्रै राष्ट्रपतिकहाँ निवेदन हाले, त्यो गर्न मिल्दैनथ्यो, राष्ट्रपतिले पनि हुँदैन भन्न सक्नुपर्थ्यो ।’ कार्कीले भने ।

उनले संविधानका सबै धारामा एउटै प्रधानमन्त्री हुने कस्तो व्यवस्था भन्दै प्रश्न समेत गरेका छन् । ‘संविधानका सबै धारामा एउटै प्रधानमन्त्री हुने कस्तो व्यवस्था श्रीमान् ?’ उनको प्रश्न थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.