×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

केपी ओलीको ट्वीटप्रति प्रचण्डको आक्रोश

२५ बैशाख २०७५

विराटनगर ः प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जाल मार्फत गरेको अभिब्यक्ति प्रति माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि ब्यक्त गरेका छन् ।

ओलिले ट्वीट् गरेको शब्द ‘सत्तासमीकरणको वानी परेकाहरु’ आफु प्रति लक्षित गर्दै भनेको प्रचण्डको बुझाई छ ।

सिंहदरवारमा मंगलबार बसेको संसदीय दलको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको अभिव्यक्तिबारे आजै गम्भीर छलफल गर्ने समेत बताएका छन् ।

प्रधानमन्त्री ओलीले माओवादीलाई लक्षित गर्दै सोमबार ट्वीटरमा समिकरण फेरवदल गर्न बानी परेकालाई विकास र सम्बृद्धिप्रति अरुची हुनसक्ने भनेर अभिव्यक्ति दिएका थिए ।

आलीले ट्वीटमा लेखेका छन् ‘हामी विकास र सम्बृद्धिको एजेण्डामा हिँडिरहेका छौं, आफ्नो दुनो सोझ्याउन समीकरण फेरवदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिविम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यदेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामै थियो र छ ।’

बैठकमा सहभागि एक नेताका अनुसार ओलीको उक्त ट्वीटले निकट भविश्यमा हुन लागेको एकीकरण नै संकटमा पर्ने भएको भन्दै बास्तविकता के हो भनेर अध्यक्षसँग जवाफ मागेका थिए ।

त्यसक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीबाट आएको उक्त अभिव्यक्तिबाट आफु समेत आश्चर्यमा परेको भन्दै त्यसबारे आफुले तत्काल कुरा गर्ने जवाफ दिएका थिए ।

ओलीसँग सहमिति भएको छैन

यस्तै बैठकमा अध्यक्ष प्रचण्डले आफु र प्रधानमन्त्री ओलीबीच पार्टी एकताका लागि अहिलेसम्म कुनैपनि सहमति नगरेको समेत प्रश्ट पारेका थिए । प्रचण्डको भनाई उधृत गर्दै ति नेताले भने ‘मिडियामा म र प्रधानमन्त्री ओलीवीच चारवटा विषयमा सहमति भयो भन्ने हल्ला आयो यसमा कुनै सत्यता छैन,हामी समानताकै आधारमा एकता गर्ने पक्षमा छौ त्यसबाट दायाँबायाँ हुदैन, यदि समानतालाई स्वीकार गरिएन भने एकता हुदैन ।’

यसअघि ओली र प्रचण्डबीच प्रधानमन्त्री, पार्टी अध्यक्षलगायतका विषयमा सहमति भएका खवरहरु आएका थिए । तर, ति खवरहरु पुर्णतया असत्य र कपोकल्पीत रहेको बैठकमा प्रचण्डले खुलाएका थिए ।

बजेटबारे छलफल नगरेकोमा असन्तुष्टि

त्यस्तै अध्यक्ष प्रचण्डले आगामी बजेटका बारेमा समेत प्रधानमन्त्रीले मन्त्रीहरुसँग समेत कुनै छलफल नगरेकोप्रति आपत्ति जनाएका थिए ।

श्रोतका अनुसार प्रधानमन्त्रीले बजेटका विषयमा मन्त्री र सत्तारुढ दलसँग समेत छलफल नगरेर एकलौटी गर्न खोजेको भन्दै आक्रोश पोखेका थिए ।

उनले त्यस विषयमा समेत आजै प्रधानमन्त्रीसँग छलफल गर्ने भन्दै बजेट जनताको जिवनस्तरसँग मिल्ने बनाउन सुझाव दिने बताए । ‘जनताको अपेक्षा पुरा हुनेगरी बजेट ल्याउनुपर्छ, त्यो भएमात्रै बाम सरकारले ल्याएको बास्तविक बजेट हुन्छ । त्यसो भएन भने बाम सरकार र अरु सरकारमा कुनै भिन्नता हुदैन’ प्रचण्डको भनाई थियो ।

बैठकपछि माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले निर्वाचनमा जाँदा घोषणापत्रमा जनाएका प्रतिवद्धता अनुसार नै बजेट ल्याउनुपर्नेमा माओवादी संसदहरले जोड दिएको जनाए ।
सरकारले जेठ १५ गते बजेट ल्याउदैछ । त्यसको १५ दिन अघि सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।

यसअघि सोमबारको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्री र सासंसदहरुले परम्परागत ढंगको बजेट ल्याउन लागेको भन्दै जनअपेक्षअनुसारको बजेट ल्याउनुपर्ने धारणा राखेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top