Nepal Times
Nepal Times
3
Shares

‘केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको हुँ, मलाई केटो भनेर जिस्क्याउने ?’

‘केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको हुँ, मलाई केटो भनेर जिस्क्याउने ?’

४ माघ, रामेछाप ।
नेकपा (प्रचण्ड(नेपाल) समूहका नेता योगेश भट्टराईले आफू केपी ओलीभन्दा बढी मत ल्याएर जितेको सांसद भन्दै केटो भनेर नहेप्न चेतावनी दिएका छन् । आइतबार रामेछापको मन्थलीमा आयोजित जनसभामा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

भट्टराईले भने- ‘म प्रधानमन्त्री केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको सांसद हुँ, उहाँसँगै लामो समयदेखि एकै कमिटीमा रहेर काम गर्दै आएको छु । मलाई केटो भनेर जिस्क्याउने ?’

उनले आफु केटोको पहिचानसहित उभिएर बोल्दै गरेको बताउँदै उनले भने- ‘प्रधाानमन्त्रीले मलाई केटो भन्नुभएछ, हो म केटै हो, मेरो लिङ्ग छुट्टिएको छ, केटोको पहिचानसहित उभिएर बोल्दैछु । उहाँ केपी ओलीको छुट्टिएको छैन होला ।’

सभामा उपस्थित कार्यकर्तालाई भट्टराईले प्रधानमन्त्री केपीको स्कुलमा भर्ना नहुन आग्रह गरे । उनले संसद विघटन गर्ने अधिकार नहुँदा नहुँदै पनि मुलुकलाई अस्थिरतातिर लान प्रधानमन्त्रीले असंवैधानिक कदम उठाएको बताए । काम गर्न नदिएको भन्ने ओलीको जिकिरलाई मिथ्या भन्दै भट्टराईले भने- ’नेकपाले ल्याएको नीति तथा कार्यक्रम कुनचाहिँ फेल भएको थियो ? र काम गर्न पाइनँ भनेर गुनासो गर्दै हिँड्नुहुन्छ ।’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.