Nepal Times
Nepal Times
3
Shares

केही दिन लगातार घटेको सुनको भाउ आज फेरी बढ्यो

केही दिन लगातार घटेको सुनको भाउ आज फेरी बढ्यो

१६ मंसिर, काठमाडौं । केही दिन यता लगातारजसो घटेको सुनको भाउ आज भने बढेको छ ।

सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा सात सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको थियो ।

विश्वमा कोरोना विरुद्धको खोप बन्ने सम्भावना बढेपछि सुनको भाउ घट्न थालेको थियोे । यस्तै, आज चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.