Nepal Times
Nepal Times
3
Shares

कैदीबन्दीहरुलाई पुर्ननिर्माणमा सहभागि गराउन सरकारलाई सुझाव

कैदीबन्दीहरुलाई पुर्ननिर्माणमा सहभागि गराउन सरकारलाई सुझाव

१९ मंसिर, काठमाडौँ ।
कारागारमा रहेका कैदीबन्दीहरुलाई पुर्ननिर्माणको अभियानमा सहभागि गराउँदा राष्ट्रका लागि राम्रो हुने सुझाव संसदको राज्य व्यवस्था समितिले दिएको छ । बिहीबार संघिय संसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा समिति सभापति शशी श्रेष्ठले कारागारमा रहेका युवाशक्तिहरुलाई पुर्ननिर्माणको अभियानमा सहभागि गराउँदा राष्ट्रका लागि राम्रो हुने सुझाव दिएकी हुन । अबको पुर्ननिर्माण अरु देशसँग तुलना गर्नुभन्दा पनि हामी आफै अरुका लागि रोल मोडल बन्नुपर्ने उनले बताए ।

सभापति श्रेष्ठले समितिमा पेश गरेको समयअनुसार धरहरा पुनर्निर्माण सम्पन्न गर्ने पुनर्निर्माण प्राधिकरणबाट प्रतिबद्धता आउनु सह्रानीय भन्दै कार्य रुपमा परिणत गर्न निर्देशन दिए । समिति बैठकमा एकीकृतबस्ती निर्माणका विषयमा सांसदहरुले चासो राखेका थिए ।

सांसद दिलेन्द्रप्रसाद बडुले एकीकृत बस्ती निर्माणमा स्थानीयको रुचीलाई मध्यनजर गर्दै निर्माणमा ध्यान दिनुपर्ने बताए । सांसद नवराज सिलावालले पुर्ननिर्माणको अवशरलाई सदुपयोग गरेर एकीकृतबस्ती निर्माण गर्न नसकिएको बताए । अर्का सांसद कृष्णगोपाल श्रेष्ठले धरहराको पुर्ननिर्माण समयमै सकिनेमा आशंका व्यक्त गरे । बैठकमा सांसद अमरेश कुमार सिंह, प्रेम सुवाल, रेखा शर्मा, यशोधा सुवेदी, मिना पाण्डे लगायतले पुनर्निर्माण सम्बन्धी जिज्ञासा राखेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.