Nepal Times
Nepal Times
3
Shares

कोपनहेगनलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

कोपनहेगनलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

२७ साउन, एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले डेनिस क्लब कोपनहेगनलाई पराजित गर्दै युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।

अतिरिक्त समयमा पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत गोल गरेपछि म्यानयुले जित हात पारेको हो ।

कोल्न जर्मनीमा सोमबार राति भएको खेलमा युनाइटेडले कोपनहेगनलाई १–० ले पराजित गर्दै अन्तिमा चारमा स्थान सुरक्षित गरेको हो । बल पोजेसनमा पकड बनाएर कोपनहेगनलाई दबाबमा राखेपनि युनाइटेडले गोलको लागि पेनाल्टीको सहारा लिनुपरेको थियो । कोपनहेगनका गोलरक्षक कार्ल जोहन जोन्ससनले युनाइटेडका हरेक प्रहारलाई विफल पारेका थिए ।

अतिरिक्त समयको ९५औं मिनेटमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । एन्थोनी मार्सियललाई कोपनहेगनका डिफेन्डर इन्ड्रिएस विजेल्यान्डले फल गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी दिएको थियो । जसमा ब्रुनो चुकेनन् ।

कोपनहेगनका गोलरक्षक कार्ल जोहान जोन्ससनले युनाइटेडको १३ प्रयासलाई विफल पारेपनि हार टार्न सकेनन् । अब युनाइटेडले सेमिफाइनलमा वुल्भ्स र सेभिल्लाबीचको विजेतासँग खेल्ने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.