११ भदाै, एजेन्सी ।
डेनमार्कको राजधानी कोपनहेगन संसारकै सुरक्षित सहर घोषित भएको छ । इकोनोमिस्ट इन्जिलिजेन्स युनिटले आज सार्वजनिक गरेको अध्ययनमा यसवर्ष कोपनहेगन संसारकै सुरक्षित सहर बनेको हो ।
यसअघि लगातार पहिलो र दोस्रो सुरक्षित सहर बनेका जापानको टोकियो र सिंगापुर सूचीमा तल झरेका छन् । सूचीको दोस्रो स्थानमा क्यानडाको टोरन्टो, तेस्रोमा सिंगापुर, चौंथोमा सिड्नी, जापानको टोकियो पाँचौं, नेदरल्यान्डको आम्सटर्डम छैठौं, न्यूजिल्यान्डको वेलिङ्टन सातौं, चीनको हङकङ आठौं, अष्ट्रेलियाको मेलबर्न नवौं र स्वीडेनको स्टकहोम दशौं स्थानमा छन् ।
भारतको राजधानी दिल्ली ४८ र मुम्बई ५० स्थानमा छन् । कूल ६० सहरको अध्ययनमा यसवर्ष नेपाली राजधानी काठमाडौं सूचीमै समावेश छैन ।
पूर्वाधार, सुरक्षा, स्वास्थ्य, सामाजिक जीवन, वातावरणीय सुरक्षाको सूचकको आधारमा द इकोनोमिस्टले वर्षेनी सूची सार्वजनिक गर्ने गर्छ । कोरोनाभाइरस महामारीपछि भाइरस सुरक्षाको सूचक पनि यसमा थपिएको छ ।