×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कोपा अमेरिकामा उरुग्वेले पानामालाई पाखा लगायो

११ असार २०८१

१० असार ,एजेन्सी ।

कोपा अमेरिकामा उरुग्वेले पनामालाई पराजित गरेको छ। हार्ड रक स्टेडियममा सोमबार बिहान सम्पन्न समूह एको खेलमा उरुग्वे ३–१ गोलअन्तरले विजयी भएको हो। उरुग्वेका म्याक्सिमिलियानो अराउजोले खेलको १६औं मिनेटमै गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोल भएको खेलमा दुवै तर्फबाट बाँकी ३ गोल दोस्रो हाफमा निस्किएका थिए ।

८५ औँ मिनेटमा नुनेजले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा मेटिस निकोलसले डिइगो निकोलसको पासमा गोल गरेपछि उरुग्वे ३–० को सहज अवस्थामा पुगेको थियो । तर, अतिरिक्त चौथो मिनेटमा पानामाका फेड्री गोनडोलाको पासमा मुरिलोले गोल गर्दै अन्तर ३–१ मा झारे पनि हार टार्न पर्याप्त भएन ।

जितसँगै कोपा अमेरिकाको समूह सीमा उरुग्वेले ३ अङ्क जोड्दै आफूलाई शीर्ष स्थानमा राखेको छ । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिकाले विजयी सुरुआत गरेको छ । समूह सीको पहिलो खेलमा आज अमेरिकाले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको हो । टेक्सासमा भएको खेलमा अमेरिकालाई जिताउन क्रिष्टियन पुलिसिच र फ्लोरिन बालोगुनले एक–एक गोल गरे ।

खेल सुरु भएको तेस्रो मिनेटमै टिमोथी वेहको पासमा पुलिसिचले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए । ४४ औँ मिनेटमा पुलिसिचको पासमा फ्लोरिनले थप १ गोल गरेपछि अमेरिका पहिलो हाफमै २–० को सहज अवस्थामा पुगेको थियो । सोही अग्रता अन्तिम समयसम्म जोगाउँदै अमेरिकाले समूह सीको पहिलो खेलमा जित निकाल्न सफल भयो ।

अमेरिकाले जित निकाल्दै तीन अङ्क जोडेको छ ।अमेरिका दोस्रो स्थानमा रहँदा पानामा र बोलिभिया अङ्कविहीन हुँदै तालिकाको तेस्रो र चौथो स्थानमा छन् । कोपामा अमेरिकाले सहज जित निकाल्दा विश्वकप टी २० क्रिकेटबाट भने अमेरिका सुपर ८ बाटै बाहिरिएको छ । गएराती भएको खेलमा अमेरिकाविरुद्ध सानदार जित दर्ता गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको थियो ।

इङ्ल्यान्डले आइतबार अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । जित पछि सुपर एटको समूह २ मा ३ खेलबाट ४ अंक सँगै इङ्ल्यान्ड अन्तिम चारमा पुगेको छ भने सहआयोजक रहेको अमेरिका अंकविहीन हुँदै बाहिरिएको छ । विश्वकप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको अमेरिकाका लागि यो नै अहिलेसम्मको ठूलो उपलब्धि हो ।a

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top