×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोपा अमेरिका भोलिदेखि, कुन टिम कुन समूहमा ?

७ असार २०८१

६ असार, विराटनगर ।

टी २० विश्वकप क्रिकेटसँगै युरोकप फुटबल जारी रहदा खेलकुदमा फुटबलको अर्काे कुम्भ मेला कोपा अमेरिका सुुरु हुँदैछ ।

दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को ४८ औं संस्करण भोलि शुक्रबारदेखि अमेरिकामा सुरु हुँदैछ ।

पहिलो पटक १६ टोलीले खेल्न लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल शुक्रबार विहान ५ः४५ बजे अर्जेन्टिना र क्यानडाबीच एटलान्टामा हुनेछ ।

अर्जेन्टिनाले सन् २०२१ मा ब्राजिलमा भएको पछिल्लो संस्करणको उपाधि जित्दै सर्वाधिक १५ पटक उपाधि जित्ने उरुग्वेको कीर्तिमान बराबरी गरेको थियो ।

अर्जेन्टिना यसपटक पनि उपाधि रक्षा गर्दै कोपा अमेरिकाको सर्वाधिक सफल टोली बन्ने लक्ष्यमा छ ।

दक्षिण अमेरिकी फुटबल संघ (कन्मेबोल) बाट १० सदस्य राष्ट्र तथा उत्तर, मध्य अमेरिका र क्यारेबियन फुटबल संघ (कोनकाकाफ) बाट ६ गरी कूल १६ टोली कोपा अमेरिकामा सहभागी हुँदैछन् ।

यसअघि यो प्रतियोगितामा १२ टोली सहभागी हुँदै आएका थिए ।

सन् २०२४ को कोपा अमेरिका, महिला फुटबल र क्लब प्रतियोगिता आयोजनाका लागि कन्मेबोल र कोनकाकाफबीच सहमति भएपछि यस संस्करणमा कोपा अमेरिकाको टिम संख्या बढाएर १६ पु¥याइएको हो ।

जसमा दक्षिण अमेरिकी १० राष्ट्र स्वत छनोट भएका हुन् भने कोनकाकाफ नेसन्स लिगबाट ६ टोली टुङ्गो लागेको थियो ।

सन् २०२४ को कोपा अमेरिका आयोजना गर्ने पालो इक्वेडरको थियो । तर त्यहाँको सरकारले आयोजना गर्न नसक्ने जनाएपछि दक्षिण अमेरिकी फुटबल संघ (कन्मेबोल)ले अमेरिकामा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

यस संस्करणको कोपा अमेरिका आयोजना सन् २०२६ मा फिफा विश्वकप आयोजनाको तयारीको रुपमा समेत रहनेछ । किनभने २०२६ को विश्वकप पनि अमेरिकासहित क्यानडा र मेक्सिकोमा आयोजना हुनेछ ।

कोपा अमेरिका २०२४ को उद्घाटन खेल अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा शहरको मर्सिडिज बेन्ज स्टेडियममा हुनेछ । यस्तै फाइनल खेल जुलाई १४ मा फ्लोरिडास्थित हार्ड रक स्टेडिय, मायामीमा हुनेछ ।

प्रतियोगिता अन्तर्गतका खेलहरु अमेरिकाको १० राज्यको विभिन्न १४ स्टेडियममा खेलाइनेछ । जसमा टेक्ससको तीन, फ्लोरिडा र क्यालिफोर्नियाको २–२ तथा जर्जिया, न्यूजर्सी, नर्थ कारोलिना, अरिजोना, नेभदा, मिसौरी र कान्सास राज्यको एक-एक स्टेडियममा खेल हुनेछ ।

कोपा अमेरिका २०२४ को उपाधि दाबेदारका रुपमा साविक विजेता अर्जेन्टिना र ब्राजिल रहेका छन् । अर्जेन्टिना बराबर १५ पटक उपाधि जितेको उरुग्वेलाई पनि उपाधि दाबेदार मानिएको छ ।

२०२२ मा फिफा विश्वकप जित्ने टोलीका अधिकांश खेलाडी अर्जेन्टिनाको टोलीमा अहिले पनि छन् । कप्तान लियोनेल मेसी, एन्जेल डि मारिया गोलकिपर एमिलियानो मार्टिनेज, मिडफिल्डर रोड्रिगो डे पउल म्याक एलिस्टरजस्ता खेलाडी अर्जेन्टाइन टिममा छन् ।

३६ वर्षीय मेसीले २०२४ को कोपा अमेरिका नै अन्तिम प्रतियोगिता हुने संकेत गरिसकेका छन् । हाल अमेरिकन क्लब इन्टर मायमीबाट खेलिरहेका मेसी अर्को विश्वकपमा ३९ वर्षका हुनेछन् ।

कोपा अमेरिका

समूह ए: अर्जेन्टिना, पेरु, चिली, क्यानडा
समूह बी: मेक्सिको, इक्वेडर, भेनेजुएला, जमैका
समूह सी: अमेरिका, उरुग्वे, पानामा, बोलिभिया
समूह डी: ब्राजिल, कोलम्बिया, पाराग्वे, कोस्टारिका

रहेका छन् । उपाधि दाबेदार मानिएको ब्राजिलले पछिल्लो पटक २०१९ मा कोपा अमेरिका जितेको थियो । ब्राजिलले अहिलेसम्म ९ पटक यो प्रतियोगिताको उपाधि जितेको छ ।

यस्तै अर्जेन्टिनासँगै सर्वाधिक १५ पटक उपाधि जितेको उरुग्वेले २०११ यता कोपा अमेरिका जित्न सकेको छैन ।

पराग्वे, चिली, पेरुले समान २ पटक तथा बोलिभिया र कोलम्बियाले एक एक पटक कोपाको उपाधि उचालेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top