×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कोपा डेल रे : सेभियाको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

१७ माघ २०७५

एजेन्सी,माघ १७

स्पेनिस कोपा डेल रे फुटबलको दोस्रो लेगमा बार्सिलोनाले सेभियालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ ।बार्सिलोना ६–३ को जित निकाल्दै सेमिफाइानलमा पुग्न सफल भएको हो ।

बार्सिलोना पहिलो लेगमा २–० ले पछि परेको थियो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाको आधादर्जन गोलमा फिलिपे कौटिन्होले २ तथा इभान राकिटिक, सर्जि रोबर्टो, लुइस स्वारेज र कप्तान लियोनेल मेस्सीले समान १ गोल गरे ।

१३औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । २७औं मिनेटमा इभर बनेगाले पेनाल्टीमा गोल गर्न नसकेपछि सेभियाले बराबरी गर्ने मौका गुमायो । ३१औं मिनेटमा इभान राकिटिकले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनायो ।

५३औं मिनेटमा फिलिपे कौटिन्होले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–० ले अघि बढ्यो । त्यसको एक मिनेटपछि सर्जि रोबर्टोले गोल गर्दै बार्सिलोनालाई फराकिलो जित तर्फ अघि बढाए । ६७औं मिनेटमा सेभियाका गुइलहेमी एरानाले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए ।

८९औं मिनेटमा लुइस स्वारेजले र इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ६–१ को फराकिलो जित दिलाए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top