Nepal Times
Nepal Times
3
Shares

कोभिड उत्पत्तिबारे अनुसन्धान गर्ने डब्लुएचओको प्रस्ताव चीनलाई अमान्य

कोभिड उत्पत्तिबारे अनुसन्धान गर्ने डब्लुएचओको प्रस्ताव चीनलाई अमान्य

८ साउन, बेइजिङ ।
कोभिड–१९ महामारीको उत्पत्तिबारे थप अनुसन्धान गर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रस्ताव चीनलाई मान्य नभएको चिनियाँ एक अधिकारीले बिहीबार बताएका छन् ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयसले दोस्रो चरणको अनुसन्धानमा थप सघाउन चीनलाई आग्रह गर्नुभएको भएपनि यसलाई चीनले अनुमति नदिने बताएको हो । चीनका उपस्वास्थ्यमन्त्री जङ यिशिनले सो योजना राजनीतिक उद्देश्यले आएको दाबी गर्दै त्यसलाई चीनले स्वीकार्न नसक्ने बताए ।

सन् २०१९ को डिसेम्बर महिनामा कोरोनाभाइरस पत्ता लागेको चीनको वुहान सहरमा यस वर्षको जनवरीमा डब्ल्यूएचओका विज्ञहरूको एउटा टोली पुगी अनुसन्धान गरेको थियो । उक्त समूहले कोरोनाभाइरस कुनै प्रयोगशालाबाट चुहिएर फैलिएको हुनसक्ने सम्भावना नरहेको निष्कर्ष निकालेको थियो ।

कोरोनाभाइरसबारे थप अनुसन्धान गर्न र त्यसको उत्पत्ति पत्ता लगाउने विषयमा यूरोप अमेरिका लगायतका केही विकशित मूलुकले डब्ल्यूएचओलाई चर्को अन्तर्राष्ट्रिय दबाव दिइराखेका छन् । केही महिनाअघि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी गुप्तचरहरूलाई महामारीबारेको अनुसन्धान अझ राम्ररी गर्न निर्देशन दिनुभएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.