×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026
Playing
Top 15 Afternoon News || Mar-03-2026 || Nepal Times
Mar 03, 2026
Playing
खोर्रमशहरः इरानी ब्यालिस्टिक मि सा इल बन्नसक्छ इजरेलमा प्रलय || Nepal Times
Mar 03, 2026
Playing
Iran मा ‘ठूलो कार बाही’, ११ इरानी जहाज डु बाएको दाबी, अमेरिकी असुर क्षित || Nepal Times
Mar 03, 2026
Playing
विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी खेलाडीलाई लाखौं जरिवाना || Nepal Times
Mar 03, 2026
Playing
अमेरिकी सेना इ रान जाने, लेबनानमा भीषण आक्र मणः १० हेडलाइनमा|| Nepal Times
Mar 03, 2026
Playing
आज लाग्दैछ दुर्लभ खण्डग्रास चन्द्रग्रहण,होली खेल्न वर्जित|| Nepal Times
Mar 03, 2026
Playing
रास्वपाको वाचापत्रको विज्ञहरुबाट चिरफार|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली काँग्रेसको घोषणा पत्रमा स्वास्थ्य, सामाजिक विकास र पूर्वाधार योजनाको चिरफार
Mar 02, 2026
Playing
नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्रमा विज्ञका प्रश्नैप्रश्न|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली कांग्रेसको चुनावी एजेण्डा विश्लेषणः के छ स्पष्ट, के रह्यो अधुरो ?|| Nepal Times
Mar 02, 2026
Playing
इरानले नेतन्याहुकै कार्यालयमा क्षे प्या स्त्र हान्यो! || Nepal Times
Mar 02, 2026
Playing
इन्टरसेप्टरहरु छल्दै इरानी मि सा इ लले टारगेटलाई हिट गरेपछि....|| Nepal Times
Mar 02, 2026
Playing
चुनावी सरगर्मीबिच खाडी संकटमा, १७ लाख नेपालीको सुरक्षा चिन्ता || Nepal Times
Mar 02, 2026

कोभिड उपचारमा म्यानपावरको समस्या, स्वास्थ्यकर्मीको मनोवल कम

२५ भाद्र २०७७

२५ भदौ, काठमाडौँ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड —१९) बाट नेपाल पनि नराम्ररी प्रभावित बनेको छ । सामाजिक, आर्थिक र शैक्षिक गतिविधिहरु ठप्प छन् । पछिल्लो केही सातायता देशभरी नै संक्रमणको दर बढ्दो क्रममा रहेको छ । सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै जनस्तरबाट तिव्र आलोचना समेत भइरहेको छ । यसैबीच प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति नै गठन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि भइरहेको प्रयास, समस्या र समाधानका लागि उपायसहित अनुगमन गरिरहेको छ ।

उपसमितिले कोरोना रोकथाम नियन्त्रण र उपचारमा प्रत्यक्ष संलग्न विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल समेत गरिरहेको छ । यसैक्रममा बुधबार उपसमितिले कोभिड र नन कोभिडका विरामीहरुलाई सेवा दिइरहेका विभिन्न सरकारी तथा नीजि अस्पतालका सरकोकारवालाहरुसँग छलफल गरेको छन । छलफलमा सहभागि सरकारी तथा नीजि अस्पतालका निर्देशक तथा पदाधिकारीहरुले आफ्नो अस्पतालले दिइरहेका सेवा र भोग्नुपरेका समस्याहरु बताएका छन । नेपालमा कोरोना संक्रमण देखिएपछि आफनो अस्पतालबाट सम्पादन भएका सेवाहरु, स्वास्थ्यकर्मीहरुले भोगेका समस्याका बारेमा उनीहरुले समितिले जानकारी गराएका छन । छलफलका क्रममा प्रस्तुत भएका उनीहरुको विचारको सम्पादित अंशः

छलफलमा कसले के भने ?
केदारप्रसाद सेन्चुरी

निर्देशक, वीर अस्पताल
हामीले सुरुमा गेटमै ज्वरो जाँच गर्ने हेल्प डेस्कको व्यवस्था ग¥यौं । त्यसपछि ज्वरो क्लिनिक, आइसोलेसन वार्ड र अन्य वार्डहरु तोकेर सुरु ग¥यौं । त्यो भन्दा अगाडि हामीले विभिन्न उप समितिहरु बनायौं । जसले गर्दा काम गर्न सहज भयो । ती समितिहरु अहिले पनि सक्रिय छन् । अहिलेको सन्दर्भमा अस्ति भर्खरै भदौ २१ गतेदेखि अस्पताल कोभिड अस्पतालका रुपमा सेवा दिइरहेको छ । ४ सय ६० बेड रहेकोमा ४ सय २२ बेड सञ्चालनमा रहेको छ । र पुराना स्टक्चरहरु छन् । त्यसै भित्र कोभिड र ननकोभिड दुवैलाई सुरु देखि नै हामीले छुट्याएर काम गरिराखेका छौं भने अव डेडिकेटेड कोभिड अस्पतालको रुपमा सञ्चालन गर्नुपर्ने र केही सेवाहरु ननकोभिड पनि सञ्चालन गर्नुपर्ने बाध्यता छ । खास गरेर मृगौला सम्बन्धी उपचारको सेवा हाम्रो मा गर्नेपर्ने अवस्था छ । अन्य सेवाहरु हामीले राष्ट्रिय ट्रमा सेन्टरबाट दिने व्यवस्था मिलाएका छौँ ।

डा. रोहित पोखरेल
कार्यकारी निर्देशक, त्रिवि शिक्षण अस्पताल
लक डाउनपछिको समयमा नन कोभिड विरामीको संख्या कम भएपनि त्रिवि शिक्षण अस्पतालले आकस्मिक सेवा, अपरेशन र ओपीडी सेवा खुला गरेर सेवा दिइरहेको छ । अहिले सबैभन्दा बढी अस्पतालले अपरेसनमा आकस्मीक र न्यून आकस्मीकलाई प्राथमिकता दिएको छ । तर आवस्यकता अनुसार सबै अपरेशन गर्ने गरेका छौँ । तर ननकोभिडलाई अलिकति कम गर्नुको कारण के हो भने स्रोतहरु धेरै खर्च नगरौं पछि गाह्रो प¥यो भने अप्ठेरो होला भनेर सकेसम्म इमरजेन्सी र सेमि इमरजेन्सी अपरेसनको लागि मात्रै ध्यान दिएका छौं । कोभिडको लागि चैत महिना देखि भदौको अन्तिम सम्म आउँदा झण्डै ३ हजार कोभिड शंकास्पद विरामीहरुलाई हामीले सेवा दिएका छौँ । त्यो मध्ये झण्डै १३ सय विरामी भर्ना गरेर उपचार गरेका छौं । गणेशमान सिंह भवनमा नाक कान घाँटीको ओपीडी अपरेशन र वार्ड सबै चलिराखेको र अर्थोपेडिकको चाहिं वार्ड र अपरेसन थिएटर भएकोमा कुल पाँचवटा अपरेसन थिएटर भएकोलाई हामीले कोभिड ब्लक भनेर सेपरेट ग¥यौं । ताकि त्यो भिन्दै भएको हुनाले छुट्याउन सकियोस भनेर हामीले गरेका थियौं । तर अहिलेको अवस्थामा विरामीहरुको चाप हेरेपछि हामी अर्को म्याटोनिटि ब्लकलाई पनि कोभिडको लागि प्रयोग गरेका छौं । त्यस्तै एनएस थ्रीलाई पनि कोभिडको वार्ड भनेर अहिले हामीसँग कोभिडको लागि भनेर १ सय २० वटा बेड छुट्याएका छौं । निकट भविश्यमा हामी २ सय वटा बेड छुट्याउने पक्षमा छौँ । अहिले सम्म हामीले २ सय ३३ जना कोभिड बिरामीलाई सेवा दिएर पठाएका छौं । हेमो डायलासिस हामीले दिनमा झण्डै ४० वटा गर्छौं । दुईवटा हेमो डायलासिस मेसिन कोभिडको लागि छुट्याएका छौं । कोभिड पोजेटिभ भएको विरामीको डायलासिस त्रिवि शिक्षण अस्पतालमा मात्रै हुन्छ । अहिले सम्म १८ जना पोजेटिभ केस भएका बिरामीको हेमो डायलासिस गरेका छौं । अहिले बच्चाहरुको पनि पोजेटिभ केस आउन थालेपछि हामीले पीआइसियु वार्ड बच्चाहरुको लागि छुट्यायौं र त्यो वार्डमा अहिले सम्म २८ जनालाई भर्ना गरेर सेवा दिएका छौं । भेन्टीलेटरमा पाँच जनालाई सेवा दियौं भने कोभिड पोजेटिभ भएका बच्चाहरु २ जना थिए ।

डा. रवि शाक्य
कार्यकारी निर्देशक, पाटन अस्पताल
कोभिड संक्रमणको दर बढेसँगै पीपीइ लगायतका सामग्रीको अभाव हुने देखेर हामी आफैले त्यसको उत्पादन सुरु ग¥यौँ । पीपीई, मास्क र सेनिटाइजर सबै उत्पादन गरिरहेका छौँ । तर अहिले पनि पर्याप्त त छैन तर सक्दो उत्पादन गरेर हामीले प्रयोग गरिरहेका छौँ । आजको मितिसम्म हाम्रो अस्पतालमा २ हजार कोडिभका विरामीहरु भर्ना भएका छन । जसमा १८ सयजना निको भएर घर फर्किएका छन । अहिले १ सय १० जना उपचाररत छन । ३० जनाको मृत्यु भएको छ । हामीले २ वटा मेसिन राखेर लगातार हेमोडायलासिस गरिरहेका छौँ । कोभिड वार्ड भित्र पनि सबै सेवा सुविधाहरु छन । त्यहाँ सुत्केरी सेवा, साइक्याटिक सेवा र सर्जरीहरु सबै सेवा दिइरहेका छौँ । सर्जरीको छुट्टै सेटअप पनि छ । कुनैपनि अरु सेवाहरुलाई बन्द गरेको अवस्था छैन् । अहिले हाम्रो स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण देखिएको अवस्था छ । अस्पतालको बिरामीबाट सर्ने भन्दा पनि कम्युनिटीबाट नै सरेर आएर एउटा स्वास्थ्यकर्मीले अर्कोलाई सारेको अवस्था बढी छ । बरु कोभिड वार्डमा छिर्नेहरु एकदमै सतर्क भएका छन । उनीहरुमा त्यति फैलिएको छैन । अरुहरु फैलिएको अवस्था छ । आजको दिनमा करिब करिब ३ दर्जनजति पोजेटिभ भएर अहिले पनि १६ जना भर्ना भएर उपचार गराइरहेका छन । स्वास्थ्यकर्मी अथवा काम गर्ने म्यानपावरको पनि हामीलाई कठिनाई भइरहेको छ । संक्रमण नभएका स्वास्थ्यर्मीहरु पनि त्रसित बन्दै गएका छन । उनीहरुको मनोबल एकदमै कम भएको अवस्था छ । काम गरेपनि जस पनि नदिने समाजले पनि सम्मान पनि नदिने अवस्था छ । त्यो अवस्थामा स्वास्थ्यकर्मीहरुबाट काम लिन एकदमै गाह्रो भएको छ ।

डा. संगिता शाक्य
कोभिड व्यवस्थापन प्रमुख, बिएण्डबि अस्पताल
सबै भन्दा ठूलो गल्ती कोभिड र नन कोभिड विरामीहरु एकै ठाउँमा राखेर भएको छ । त्यो गल्ति हामीले गरिरहेका छौं । बरु यो गर्नुको सट्ट कोभिड डेडिकेटेड अस्पतालहरु क्षमता बढाएर कोभिड बिरामीहरुलाई कोभिडका लागि तोकिएका अस्पतालमा राख्यो भने कमसेकम ननकोभिड बिरामीले त सेवा पाउने भयो नी । स्टाफहरुले बिरामी छुनै डराउँछन । हामीले त्यो समस्या भोगिरहेका छौं । नर्सहरुले छुनै डराउँछन । अब बच्चा एकजना आएको छ इमरजेन्सीकोले लिन मानिरहेको छैन हामीले बिएण्डबिमा यो समस्या भोगिरहेका छौं । इमरजेन्सीमा आएको स्टाफहरुले के भन्छ राति १२ बजे आएको बच्चालाई बिहान ४ बजे सम्म इमरजेन्सीमा नल्याउ भन्छ । पीसीआर टेस्ट गरेर मात्र ल्याउ भन्छ । यो हाम्रो अस्पतालको समस्या मात्रै हाइन अरु अस्पतालमा यस्तै समस्या छ । जब सम्म हामीलाई फोन आउँदैन तबसम्म तुरुन्त बच्चालाई उपचार गर नभनुन्जेल सम्म लिनै नमान्ने । यो समस्या छ । यो हामीले भोग्दै आएको म त यसमा लाज नै मान्दिन म त भन्छु । हाम्रै कर्मचारीले गररहेको छैन । अनि त्यो बिरामीलाई त्यहा गाह्रो भयो । के हामी ठिक गरिरहेका छौं यो गरेर ? २० प्रतिशत सबै अस्पतालमा कोभिड बिरामी राखेर संक्रमणको झन जोखिम भयो ।

डा. चक्रराज पाण्डे
मेडिकल डाइरेक्टर, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल
डाक्टर, नर्स र हाउसकिपिङहरुको सुरक्षाका लागि एकदम क्रिटिकल छ हाम्रो लागि । त्यो भन्दा अर्को ठूलो कुरा भनेको विरामीलाई जुन खालको आत्मबल दिएर उपचार गर्नको लागि धेरै लगानी जरुरी हुन्छ तर पब्लिकले हेर्दा नीजिमा आफुले पैसा तिरेर उपचार गर्ने अधिक खर्च हुने अवस्था अहिलेको बेलामा मैले देखेको छु । कोभिड बिरामी लिनु सुरुभएपछि हामीले ४६ जना बिरामीलाई भर्ना ग¥यौं । जसमा धेरै सिरियस बिरामीहरु आइसियु । हामीले कोभिडका लागि १२ वटा आइसियु बेड छुट्याएका छौँ । हामीले खर्च गर्न सक्ने विरामीलाई एकल कोठा दिएका छौं । अलिकति कम खर्च गर्न सक्ने र आइसियुमा राख्न नपर्नेलाई चार जनाको बेड उपलब्ध छ । जुन आइसियुमा राख्न नपर्ने त्यस्तो खालको इकोनोमिक बेड त्यो भन्दा तल्लो बिरामीलाई १८ बेडको आइसोलेसन गरेर सरकारले मागेको २० प्रतिशत बेडमा हामीले झण्डै ३० प्रतिशत बेड अस्पतालको कुल क्षमताको बेड थपेका छौं । ४६ जना बिरामी भर्ना भएकोमा २२ जना निको भएर घर फर्किएका छन । भेन्टीलेटरमा राखेको उपचार गरिएको तीन जना घर फर्किएका छन । जसमा प्लाज्मा थेरापी, रेन्डीकेसन जस्ता रेन्डिसिपेड जस्ता सेवाहरुपनि दिइएको थियो । केही विरामीलाई नेगेटिभ भएपनि नर्मल वार्डमा सार्न सक्यौं । अहिले पनि २३ पोजेटिभ बिरामी अहिले पनि हाम्रो अस्पतालमा हुनुहुन्छ । अर्को चुनौतिको कुरा भनेको स्टाफको हो । अव वार्डमा पीसीआर गर्नुभयो बिरामीको पीसीआर नेगेटिभ अब बिरामीलाई सर्जरिमा लिएर गयौं सर्जरीमा लग्यौं अपरेसन भयो सबै ठिक छ दुई दिन पछि ज्वरो आउँछ । अब पीसीआर ग¥यो अब पोजेटिभ आउँछ । त्यो कसैले पनि भविश्यवाणी गर्न नसक्ने चुनौति छ । स्टाफ र डक्टरलाई उत्प्रेरित गर्न उनीहरुको उपचारमा लागेको खर्च अस्पतालले गर्ने, खानकिको व्यवस्था गर्ने, उनीहरुलाई होटल अथवा अस्पतालको बेडमा भर्ना गरेर टेक केयर गर्ने गर्दा आर्थिक क्षेत्रबाट सर्भाइभ हुने देखिदैन । तर अर्को विकल्प पनि छैन किन भने स्टाफको केयर गर्न सकेनौ भने उनीहरुलाई समयमा तलब दिन सकेनौं भने त हाम्रो अस्पतालले कोभिडको सेवा दिने कुरा त परै जाओस उनीहरुको केयर पनि हाम्रो लागि धेरै चुनौति हुन आउँछ । कोभिड मेडिकल संक्रमण मात्रै नभएर यो समाजिक चुनौति हो । अहिले जसरी सरकारी संस्थालाई गाह्रो छ त्यो भन्दा कम गाह्रो निजी अस्पताललाई छ भन्न मिल्दैन ।

डा. अजय खडका
आइसालेसन इञ्चार्ज, नर्भिक अस्पताल
स्टाफहरुलाई छुट्टै होस्टल लिएर राखिएको छ । खाना लगायतको व्यवस्था सबै अस्पतालले नै गरेको छ । कर्मचारीका लागि इन्सेन्टीभको रुपमा तलबमा नै थप गरेर दिने गरिएको छ । बिरामीलाई असर नहोस भनेर कोभिडका विरामीहरुको उपचारका लािग भवन छुट्याइएको छ । २८ जना पोजेटिभ बिरामीको उपचार भएकोमा अहिलेसम्म ९ जना डिस्चार्ज भएका छन । दोस्रो अथवा तेस्रो परीक्षणमा नेगेटिभ आएको खण्डमा डिस्चार्ज गरेर पठाउने गरेको छ । आफ्नो ल्याब नभएको कारण परीक्षणको लागि बाहिर पठाउने गरिएको छ ।

डा. जेनश आचार्य
सह निर्देशक, केएमसी अस्पताल
जेठ १० गते पहिलो बिरामी लिदा हामीले सिनामंगलमा ९ सय ३० जना बिरामी स्क्रिनिङ क्लिनिकबाट हेरिरहेका थियौं । आजको दिन सम्म ३८ हजार ६ सय ६२ जनालाई ओपिडि सेवा दिइसकेका छौं । २२ हजार १ सय ६६ जना भर्ना भएर निको भएर ननकोभिड बिरामीको उपचार भएको छ । इमरजेन्सीमा ४ हजार ७ सय ८१ जना बिरामीलाई सेवा दिइसकेका छौं । अहिले सम्म ११ सय वटा सर्जरी भइसकेको छ भने ७ सय ८८ वटा डेलिभरी भइसकेको छ । दुवाकोटमा आजको दिन सम्ममा २ सय ६ जना कोभिडको संकास्पद बिरामीलाई आउने वित्तीकै क्वारेन्टाइनमा राख्ने काम ग¥यौं । दुवाकोटको हस्पिटल पनि ग्रिन जोन र रेड जोनमा वर्गिकरण गरेर ग्रिन जोनमा डेन्टल कलेज भएको हुनाले डेन्टल सुविधा दिएका थियौं । रेड जोनमा लिफ्ट प्रयोग गरेर संकास्पद बिरामीलाई ८ तलामा राख्यौं ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top