×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कोरिया जान नपाएपछि युवाले ईपीएस कार्यालय घेरे

१० असार २०८०

१० असार,एजेन्सी ।
दक्षिण कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरुले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन् । कोरियामा ५ वर्ष बसेर फर्किएर आएकाहरूले पुन जान नपाएको भन्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा धर्ना दिएका हुन् । परीक्षा दिएर पास भएको तर कोरिया जान नपाएको भन्दै उनीहरूले धर्ना दिएका हुन् ।

५०० भन्दा बढिको संख्यामा जम्मा भएर उनीहरूले धर्ना दिएका हुन । धर्नाको क्रममा झडपको अवस्था सिर्जना भएको छ । ईपीएस कोरिया शाखामा निर्देशक पुष्पराज कटुवालले कोरियाले नै फर्केर आएकाहरूलाई प्राथमिकतामा नराखेको बताए । ‘पाँच वर्ष कोरियामा काम गरेर फर्किएकाहरूले आजदेखि धर्ना दिन थालेका छन्।

कोरियाबाटै फर्केर आएकाहरू कम छनौटमा परेर आएका छन्,’ कटुवालले भने, ‘हामीले त यताबाट पास भएका सबैको लिष्ट पठाउछौ तर, रोजगारदाताले पहिलो पटक जानेलाई प्राथमिकतामा राखेको देखिन्छ । उनीहरूले अघि सारेका मागहरू श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत कोरिया सरकारसम्म पुर्याउने पहल गरेको उनको भनाई छ ।

कोरियामा एक पटक पाच वर्ष काम गरेर फर्किएकाहरू पुन परीक्षा दिएर जान पाउने व्यवस्था छ । सोहि आधारमा परीक्षा दिएर पास भएकाहरू रोजगारदाताको छनौटमा पर्न सकेका छैनन्। उनीहरूले ईपीएस कोरिया शाखाले विभेद गरेको आरोप लगाएका छन्। तर, शाखाले भने छनौटको काम रोजगारदाताले मात्र गर्न पाउने बताए ।

नेपाली श्रमिकको संख्या बढिरहेका बेला यसरी गएर फर्किएका र भाषा परीक्षा दिएर सूचीमा रहेका भने ५ प्रतिशत पनि जान पाएका छैनन् । आफूहरुलाई विभेद गरिएको उनीहरुको गुनासो छ । उनीहरुले आफ्नो रोजगारी सुनिश्चितताको माग गर्दै नारा जुलुस गरिरहेका हुन् । गत साउन यता मात्रै दक्षिण कोरियामा करिव २० हजार नेपाली रोजगारीका लागि पुगेका छन्। २० हजार लगेकोमा पहिले गएर फर्किएका ६ हजार र १४ हजार नयाँ भाषा परीक्षा पास गरेर जाने श्रमिक छन् ।

कोरियाले १६ वटा देशका लागि एकमुष्ट कोटा तोक्न थालेको छ । जुन देशले सहजरुपमा छिटो श्रमिक पठाउँछ त्यही देशबाट बढी लैजाने गरेको छ । नेपाल कोरियाको रोजाइमा पहिलो नम्बरमा पर्न थालेको छ । यसअघि देश अनुसार कोटा तोक्दा वार्षिक ७ देखि १० हजारसम्म तोकिन्थ्यो । तर नेपालबाट कोरिया पठाउने प्रक्रिया छिटो र रोष्टममा पनि पर्याप्त संख्या रहेकाले कोरियाले धेरै नेपाली लैजान थालेको हो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top