Nepal Times
Nepal Times
3
Shares

कोरोनाका कारण इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र आर्सनल बीचको खेल स्थगित

कोरोनाका कारण इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र आर्सनल बीचको खेल स्थगित

२८ फागुन, एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) का कारण पहिलो पटक इङ्ग्लिस प्रिमियर लिगको खेल स्थगित गरिएको छ । आज राति हुने म्यान्चेस्टर सिटी र आर्सनल बीचको खेल स्थगित गरिएको बीबीसीले जनाएको छ ।

विश्वका विभिन्न देशका फुटबल गतिविधि भाइरसका कारण प्रभावित भए पनि प्रिमियर लिग भने नियमित सञ्चालन भइरहेको थियो । युरोपा लिगको खेलमा आर्सननलले १३ दिनअघि घरेलु मैदान इमिरेट्समा ओलम्पियाकोससँग प्रतिस्पर्धा गरेको थियो ।

ग्रिक फुटबल क्लब ओलम्पियाकोसका मालिक इभानगेलोस मारिनाकिसलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सिटी र आर्सनलबीचको खेल स्थगित गर्न मेडिकल टिमले सुझाव दिएका थिए । आर्सनलका केही खेलाडीले खेलका दौरा मारिनाकिससँग भेट गरेका थिए ।

सरकारको आदेशलाई कडाइका साथ लागू गर्न क्लब तयार रहेकाले सम्पर्कमा आएका खेलाडीलाई आइसोलेशनमा राखिएको आर्सनलले जनाएको छ । त्यही कारण सिटीविरुद्ध आर्सनलका खेलाडी उपस्थित नहुने भएपछि प्रिमियर लिग खेल स्थगित गर्न तयार भएको हो ।

यसका बाबजुद प्रिमियर लिगका बाँकी खेलहरु तत्काल स्थगित गर्ने कुनै योजना भने नभएको बताइएको छ । कोरोना भाइरसकै कारण इटालियन लिग सिरी ए स्थगित गरिएको छ ।

स्पेनिस ला लिगा खाली स्टेडिययमा खेलाउन आदेश दिइएको छ । च्याम्पियन्स लिग लगायत अन्य खेलहरु पनि अहिले बन्द ढोकामा खेलाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.