×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कोरोनाको जोखिम टरेको छैन, जमघट र भीडभाड बढ्दै, विज्ञहरु चिन्तित

१८ पुष २०७७

काठमाडौँ : पछिल्लो समय आम नागरिकले कोरोनाको जोखिमलाई बेवास्ता गर्दै सामान्य रुपमा आफ्ना गतिविधि गरेको देखिन आएको छ । कोरोना संक्रमणको जोखिम नै नभएको हो कि भन्ने गरी बढ्न थालेको राजनीतिक गतिविधिका कारणले पनि खतरा बढेको जानकारहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

जनस्वास्थ्यविद् डा. शरद वन्तले नेपालमा कोरोना संक्रमणको जोखिम अझैँ नटरेको बताउनुभयो । नागरिकहरुका पछिल्ला गतिविधिमा स्वास्थ्य मापदण्डलाई राम्ररी पालना नगरेको देखिएकाले नेपालमा कोरोनाको महामारी पुनः दोहोरिन सक्ने खतरा रहेको उहाँ चेतावनी दिनुहुन्छ ।

दिनप्रतिदिन संक्रमणदर घट्नु राम्रो पक्ष भए पनि जोखिम भने नटरेको उहाँ बताउनुहुन्छ ।अरु देशको तुलनामा जनसंख्याको हिसाबले नेपालमा देखापरेको संक्रमणको दर समानुपातिक रुपमा कमी नभएको उहाँले स्पष्ट पार्नुभयो । नेपालको खानपिन र हावापानी वातावरणले कोरोना लाग्दैन भन्ने केही मानिसमा भ्रम देखा परेको सुन्नमा आउँछ त्यस्तो भ्रम र खेलवाडमा नलाग्न उहाँको आग्रह छ ।

तर पछिल्लो राजनीतिक गतिविधिले कोरोनाको संक्रमण बढ्न सक्ने खतरा त्यतिकै मात्रामा रहेको उहाँको आंकलन छ । राजनीतिक गतिविधि गर्ने मानिसलाई अधिकार रहे पनि त्योसँगै जनस्वास्थ्य मापदण्डका नियम पालना गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

दोस्रो खालको कारोनाको संक्रमण बेलायतमा देखापर्न थालेको जस्तै नेपालमा पनि देखापर्न सक्ने वा आयातित हुन सक्ने भएकाले सुरक्षाका मापदण्ड अपनाउन आवश्यक छ ।

भाइरस आफैँमा रुपान्तरित भएर नयाँ रुपमा आउने भएकाले नेपालमै पनि उत्पन्न हुनसक्ने खतरा त्यत्तिकै मात्रामा रहेकाले चनाखो हुन आवश्यक रहेको उहाँको भनाइ छ । केही महिनामा खोप आउँछ, कोरोनाबाट मुक्त भइन्छ भन्ने खालका विश्वासमा बेवास्ता गर्नु नहुने उहाँले सुझाव दिनुभयो ।

कोरोनाको खोप लगाएका देशले पनि जनस्वास्थ्य मापदण्ड अझ कडाईका साथ पालना गरेको अवस्थामा नेपालीले त्यति सहज रुपमा लिन नहुनेमा उहाँको भनाइ छ । खोप आइहाले पनि खोपका कारण संक्रमण रोकिन्छ भन्ने प्रत्याभूत नरहेकाले सावधानी नै पहिलो कुरा रहेको उहाँ बताउनुहुन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व-प्रमुख तथा सरुवा रोग विशेषज्ञ डा. जीडी ठाकुर पनि कोरोना संक्रमणबाट बच्ने सावधानी अपनाउन लापरवाही गरे जुनसुकै बेला द्रुतगतिमा संक्रमण फैलन सक्ने खतरा रहेको उहाँ बताउनुहुन्छ । हालको अवस्थालाई हेर्ने हो भने नागरिकले कोरोनामुक्त भयो भने जसरी गतिविधि गरेकोमा यसले चिन्ताको विषय भएको उहाँ बताउनुहुन्छ ।

कोरोनाको पीडा कोरोना लागेको व्यक्ति र परिवारलाई थाहा हुने भन्दै खेलवाड गरे भयावह अवस्था आउनसक्ने उहाँको भनाइ छ । कोरोना लक्षण देखिएन भन्दैमा कोरोना छैन भन्न नमिल्ने भन्दै कतिपयलाई लक्षणविना पनि कोरोना संक्रमण देखिएकाे उहाँले स्पष्ट पार्नुभयो ।

‘कोरोना छ भन्दैमा सबैलाई ज्वरो रुघाखोकी लाग्छ नै भन्ने छैन, नागरिकहरु व्यावहारिक रुपमा जिम्मेवारी बन्ने बेला आएको छ ।’ राजनीतिक गतिविधि गर्न पाउने सबैको अधिकार भए पनि जनस्वास्थ्य मापदण्ड अपनाउन जरुरी रहेको डा. ठाकुर बताउनुहुन्छ । दोस्रो प्रकारको भाइरस पहिलाको भन्दा अलि असर गर्ने र छिटो फैलिने खालको रहेको सरुवा रोग विशेषज्ञ डा. ठाकुर बताउनुहुन्छ ।

विदेशबाट आउने मानिसलाई अनिवार्य कडाइका साथ क्वारेन्टाइनमा बस्ने व्यवस्थालगायत नेपाल भारतको खुला सीमानाबाट आउनेको हकमा पनि निगरानीका साथ व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन आम मानिसले आफ्ना दैनिकी गतिविधि गर्दा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्नुहुन्छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top