Nepal Times
Nepal Times
3
Shares

कोरोनाको संक्रमण जाँच्ने किट र पीपीई शनिवार आउने, आइतबार वितरण गरिने

कोरोनाको संक्रमण जाँच्ने किट र पीपीई शनिवार आउने, आइतबार वितरण गरिने

१३ चैत, काठमाडौँ । कोरोना भाइरसको संक्रमण परिक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणहरु शनिबार साँझ काठमाडौं आइपुग्ने भएको छ । उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार कोरोनाको संक्रमण जाँच्ने किट र स्वास्थ्यकर्मीहरुका लागि आवश्यक व्यक्ति सुरक्षा सामग्री (पीपीई) आउन लागेको र आइतबार वितरण गरिने भएको हो ।

यसअघि उच्चस्तरीय समितिका संयोजक एवम् रक्षामन्त्री ईश्वर पोखरेलले अत्यावश्यकीय स्वास्थ्य उपकरण शनिबारसम्ममा जसरी पनि ल्याउने बताएका थिए । त्यहीअनुरुप पहिलो चरणमा चीनको गोन्जाओबाट स्वास्थ्य उपकरण ल्याउन लागिएको हो ।

यसैबीच,सरकारले निजी क्षेत्रलाई समेत स्वास्थ्य अन्तर्रा्ष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण खरिदका लागि आह्वान गरेसँगै उनीहरु पनि सामान ल्याउन तयार देखिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार केही निजी क्षेत्रका ब्यापारीले सामान ल्याउनका लागि हवाईजहाजको व्यवस्था गरिदिन नेपाल एअरलायन्सलाई निवेदन दिएका छन् ।

उनीहरुको निवदेनबारे आज दिनभरीमा छलफल गरेर निर्णय गरिने मन्त्रालय स्रोतको भनाइ छ । सरकारले निजी क्षेत्रलाई पनि औषधिजन्य सामाग्री ल्याउन आह्वान गर्दा हवाई यातायातको चाँजोपाँजो मिलाइदिने घोषणा गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.