Nepal Times
Nepal Times
3
Shares

कोरोनाबाट बच्न सबैले नियम पालना गरौँ : गृह मन्त्रालय

कोरोनाबाट बच्न सबैले नियम पालना गरौँ : गृह मन्त्रालय

१० बैशाख, काठमाडौ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ३० बुँदे आदेश जारी गरेको छ ।

गएको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले संक्रमण बढ्दै गएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको हो ।

आदेशमा स्वास्थ्य मापदण्डको पालना कडाईका साथ गर्ने, भिडभाड हुने कार्यक्रममा सहभागी हुन नदिने, आवश्यक सुरक्षा सतर्कता अबलम्बन गर्ने लगायतका विषयहरु समावेश गरिएका छन् ।

यो आदेश जारी गर्नुको कारण हामी सबै बचौँ, कोरोना हाम्रो सामुहिक सत्रु हो, त्यसैले यसलाई परास्त गर्नुपर्छ भन्ने हो । त्यसका लागि प्रत्येक व्यक्तिले इमान्दार भएर सरकारले दिएका आदेश, निर्देशन र अनुरोधलाई पालना गर्ने कुरालाई तदारुकता देखाउनुपर्छ ।

३० बुँदे आदेशलाई ७७ वटै जिल्लामा रहेका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको कोभिड १९ व्यवस्थापन समितिले कार्यान्वयनका लागि सहयोग पुर्याउँछ । स्वास्थ्य मन्त्रालयको टिम, पालिकाका प्रतिनिधिहरुको पनि त्यसमा संलग्नता रहन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.