Nepal Times
Nepal Times
3
Shares

कोरोनाबाट मृत्यु हुनेका परिवारलाई कर्णाली सरकारले १ लाख दिने

कोरोनाबाट मृत्यु हुनेका परिवारलाई कर्णाली सरकारले १ लाख दिने

२० वैशाख, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले कोरोना भाइरसका कारण मृत्यु भएमा १ लाख दिने घोषणा गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही १ लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

संक्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलव्ध गराउने निर्णय गरिएको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

‘कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले आवश्यक सबै तयारी गर्नमा कुनै कसर बाँकी राखेको छैन्,’ उनले भनिन्, ‘संक्रमणबाट बचाउने प्रयत्न गर्दागर्दै पनि प्रदेशभित्रका नागरिकहरूको कोरोना संक्रमणबाट मृत्यु भएमा परिवारलाई राहतस्वरुप १ लाख रकम प्रदान गर्ने निर्णय गरिएको हो ।’

विषयगत मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट कोषमा ५० करोड बजेट रकमान्तरण गरिएको प्रवक्ता केसीले जानकारी दिइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.