Nepal Times
Nepal Times
3
Shares

कोरोनाविरुद्ध साझेदार संघसंस्थालाई सहयोग गर्न स्वास्थ्य मन्त्रालयको अपिल

कोरोनाविरुद्ध साझेदार संघसंस्थालाई सहयोग गर्न स्वास्थ्य मन्त्रालयको अपिल

२८ बैशाख, काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपाल सरकारलाई स्वास्थ्य क्षेत्रमा साथ दिँदै आएका साझेदार संघसंस्थाहरूसँग सहयोगको अपिल गर्दै पत्राचार गरेको छ ।

मन्त्रालयले कोभिडविरुद्धको लडाइँमा अत्यावश्यकीय स्वास्थ्य उपकरण र सामग्रीहरूको संकट चुलिँदै गएकाले सहयोगको अपिल गरेको छ ।

कोभिडसँग लड्न मानवीय सहायताको हात बढाइदिन भन्दै मन्त्रालयले गरेको पत्राचारमा ४१ विभिन्न सामग्री सहयोग गरिदिन आग्रह गरिएको छ ।

मन्त्रालयले अक्सिजन जेनेरेसन प्लान्ट ७ वटा, लिक्विड अक्सिजन १० ट्यांक र प्रतिदिन २० टन अक्सिजन, १० हजार अक्सिजन कन्सन्टेटर, ९ सय भेन्टिलेटर ३० दिनभित्र उपलब्ध गराइदिएर सहयोग गर्न पत्रमा उल्लेख गरेको छ ।

त्यस्तै ३० दिनभित्र ६० हजार पल्स अक्सोमिटर, हाई फ्लो नेजल क्यानुला (१ हजार) को सहायता मन्त्रालयले माग गरेको छ । मन्त्रालले सर्जिकल मास्क ३४ करोड, पन्जा ५० करोड १५ दिनभित्र आवश्यक पर्ने पनि उल्लेख गरेको छ ।

मन्त्रालयले संक्रमणको दर बढ्दै जाँदा टेन्टमै राखेर भए पनि उपचार गर्नुपर्ने परिस्थिति आउने भन्दै १ सय ५० वटा अस्पताल सञ्चालन गर्न सकिने खालको टेन्ट उपलब्ध गराइदिन अनुरोध गरेको छ । कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको अनुरोधमा मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

त्यस्तै आइसोलेसन सेन्टर स्थापनाका निम्ति १ सय ५० वटा टेन्ट र ८ वटा सूचना–प्रविधि तथा क्लिनिकल म्यानेजमेन्ट कल सेन्टर ३० दिनभित्र स्थापना गरिदिएर सहयोग गरिदिन पनि मन्त्रालयले सहयाग गर्न समेत आग्रह गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.