Nepal Times
Nepal Times
3
Shares

कोरोना अपडेटः आज थपिए १०७ संक्रमित, ७८ जना डिस्चार्ज

कोरोना अपडेटः आज थपिए १०७ संक्रमित, ७८ जना डिस्चार्ज

२० फागुन, विराटनगर । नेपालमा आज मात्र १०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७४ हजार ४८८ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ६८३ पुगेको छ ।

कोरोना संक्रमणबाट आज कसैको मृत्यु भएको छैन । योसंगै अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।

देशभर आज सक्रिय संक्रमित ७९५ छ भने क्वारेन्टिनमा जम्मा ५७ जना मात्र छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.