Nepal Times
Nepal Times
3
Shares

कोरोना कहरमा जोखिममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी

कोरोना कहरमा जोखिममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी

२५ जेठ, काठमाडौँ ।
पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुमा कोरोना भाइरसको जोखिम बढेको छ । पछिल्लो तथ्याङ्क अनुसार नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु बढी जोखिममा देखिएका छन् । लकडाउनको ७४ औँ दिनसम्म आइपुग्दा दर्जनबढी सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।

लकडाउनको अवधि थप लम्बिदै जादा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय परीक्षणको दायरा बढाएको छ । जोखिममा रहेर पहिलो पंक्तिमा काम गर्ने स्वास्थ्यर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको अवस्थालाई मध्यनजर गर्दै पीसीआर र आरडिटी परीक्षणलाई तिव्रता दिइएको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले बताएका छन् ।

कुनै पनि व्यक्तिमा कोरोना संक्रमण पुष्टि हुनु भन्दा पहिले सुरक्षाकर्मीको सम्पर्कमा बढी आउने भएकाले सुरक्षाकर्मीहरुमा संक्रमण जोखिम बढेको उनले बताएका छन । सीमा नाकामा नागरिकहरुको व्यवस्थापन, क्वारेन्टाइन व्यवस्थापनमा बढी खटिनुपर्ने भएकाले भौतिक दुरी कायम गर्न, ड्युटीमा रहेको समयमा पनि स्यानिटाइजरको प्रयोग लगायत अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउन उनले आग्रह गरेका छन् ।

सह प्रवक्ता अधिकारीले स्वास्थ्यकर्मीहरुलाई समेत सावधान भएर उपचारमा खटिन आग्रह गरेका छन् । आफुले जानेका कुराहरु सावधानीका साथ व्यवहारमा लागु गर्न उनले आग्रह गरेका छन् । फिल्डमा कम जनशक्ति परिचालन गर्ने र कार्यावधि बढाउई सुरक्षा प्रबन्ध मिलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले निर्देशन पनि दिएका छन् । प्रहरी मुख्यालयले पनि सोही अनुसार नै काम गर्न निर्देशन दिइसकेको छ । हाल सुरक्षाकर्मी, अन्य पेसाका व्यक्ति संक्रमित हुन सक्ने भएकाले सावधानी अपनाउनु आवश्यक भएको विज्ञको सुझाव छ ।

काम गर्दा कम्तीमा १ मिटरभन्दा टाढा रहेर कुरा गर्ने, मास्क लगाइराख्ने, घरबाहिर बेलाबेलामा सेनिटाइजर हातमा लगाएर सावधानी अपनाउनुपर्ने डा.अधिकारी बताए । सञ्चारकर्मीले सकेसम्म भीडमा गएर समाचार संकलन नगर्ने, टेलिफोन, श्रव्यदृश्यलगायतका ‘भर्चुअल’ माध्यम उपयोग गर्ने, क्वारेन्टाइनभित्र नगई बाहिरबाटै अनुगमन गर्ने, क्वारेन्टाइनभित्र जानैपर्ने अवस्था आए व्यक्तिगत सुरक्षा उपकरण उपयोग गर्नुपर्ने उनको भनाइ छ । अत्यावश्यक सेवामा खटिएर आफू जुनसुकै बेला संक्रमित हुन सक्ने जोखिममा रहेकाहरुले घर परिवार, निकट सम्पर्कमा हुँदा सवाधानी अपनाउनुपर्ने विज्ञले सुझाव दिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.