×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कोरोना कहर: चैत ६ पछि झण्डै ५ लाखले छाडे राजधानी

९ चैत्र २०७६

९ चैत, काठमाडौँ । 

सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ । चैत ६ गतेदेखि आज बिहानसम्म मात्रै झण्डै पाँच लाखले राजधानी छाडेका छन् । राजधानी भित्रिने क्रम भने न्यून छ ।

तीन दिनको अवधिमा राजधानी आउने यात्रु एक लाख ९४ हजार रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । शुक्रबार एक लाख ३० हजारले राजधानी छाडेकामा शनिबार दुई लाख छ हजारले राजधानी छाडेका छन् । आज बिहान १० बजेसम्म मात्रै ५६ हजारले छाडिसकेका छन् । सरकारले यही चैत ५ गते कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन माध्यमिक शिक्षा परीक्षा ९एसइई० अनिश्चितकालका लागि स्थगन गरिसकेको छ भने आवश्यक सावधानी अपनाउँदै सबै शैक्षिक संस्थासमेत बन्द गरेको थियो ।

कोभिड–१९ भित्रिन नदिन उच्च सतर्कता अपनाउँदै मुलुकमा आजदेखि चैत २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा पनि बन्द गरिएको छ । यस्तै चैत १० गतेदेखि लागू हुने गरी केही अवधिका लागि लामो दूरीमा चल्ने सबै यात्रुवाहक सवारी साधन बन्द गर्ने यसअघि नै निर्णय गरिसकिएको छ । यस्तै आजदेखि लागू हुने गरी यही चैत १८ गतेसम्म अन्तरराष्ट्रिय हवाई यातायात सञ्चालनमा समेत सरकारले रोक लगाएको छ ।

नेपालका अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमण नभए पनि बढ्दो जोखिमका कारण शैक्षिक संस्था, अत्यावश्यक सेवाबाहेकका सेवा बन्द भएको र आर्थिक तथा पर्यटन क्षेत्र प्रभावित हुँदा राजधानी छाड्ने यात्रुको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । महाशाखाका अनुसार चैतको ६ देखि ८ गतेसम्ममा ४५ हजार ६८२ गाडीमा एक लाख ९४ हजार ७२२ यात्रु भित्रिएका छन् भने राजधानीबाट ६४ हजार ७३२ गाडीमा चार लाख ४५ हजार ६१९ यात्रु बाहिरिएका छन् । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार आज बिहान मात्रै राजधानी छाड्ने यात्रुको सङ्ख्या ५६ हजार ६४७ छ । उक्त अवधिमा नौ हजार यात्रु राजधानी भित्रिएका महाशाखाले जनाएको छ ।

त्यसअघि चैत ५ गतेको तथ्याङ्क हेर्दा राजधानीबाट बाहिरिनेभन्दा भित्रिने सङ्ख्या बढी थियो । त्यस दिन १८ हजार १८० गाडीमा ९८ हजार ९३४ यात्रु भित्रिएका र १७ हजार ४४१ गाडीमा ९५ हजार २४७ यात्रु बाहिरिएका ट्राफिक प्रहरी महाशाखाको अभिलेखमा उल्लेख छ ।

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन सरकराले यसअघि नै सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रङ्गशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल आदिलाई आगामी वैशाख १८ गतेसम्मका लागि बन्द गरिसकेको छ । अत्यावश्यक काममा बाहेक आवतजावत नगर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन पनि सरकारले रोक लगाएको छ ।

बसपार्क तथा टिकट काउन्टरलगायत विभिन्न चोकमा अझै पनि मानिसको भिडभाड भने बढी देखिएको छ । यसतर्फ सावधानी अपनाउनुपर्ने आवश्यकता देखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सम्भावित भिडभाड रोक्न प्रहरी टोली थप परिचालन गरिएको जानकारी दिए । उनले गाडीमा बढी यात्रु चढ्न नदिने, बढी भाडा लिनेलाई कारवाही गर्ने, जबर्जस्ती चढ्न खोज्ने यात्रुलाई सम्झाउने तथा आवश्यक सावधानी अपनाउन आग्रह गर्ने गरी ट्राफिक प्रहरीले सचेतना अभियान समेत चलाएको जानकारी दिए ।

सरकारले यसअघि नै भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन, अनावश्यकरूपमा खाद्यान्नको सञ्चित नगर्न, चिकित्सकको सल्लाह लिन र आतङ्कित नहुन पनि सर्वसाधारणमा आह्वान गरिसकेको छ । द स्कुल अफ साइकोलोजी नेपालका अध्यक्ष तथा मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले अहिलेको जस्तो अवस्थामा मानिसमा चिन्ता हुने, आत्तिने, डराउने, तर्सने, रिस उठ्नेलगायतका लक्ष्यण आउनु स्वभाविक भएकाले त्यसतर्फ विशेष ख्याल गर्दै स्व–हेरचाहका विधि अपनाउनुपर्ने बताए । नआत्तिइ संयम भएर स्वास्थ्यको ख्याल गर्दै आफैँले उचित सावधानी अपनाउनसमेत उनले सुझाव दिएका छन् ।–नारायण ढुङ्गाना/रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top