Nepal Times
Nepal Times
3
Shares

कोरोना खोपको आयात प्रक्रिया सहज बनाउन भन्सार विभागले छरितो उपाय अबलम्बन गर्ने

कोरोना खोपको आयात प्रक्रिया सहज बनाउन भन्सार विभागले छरितो उपाय अबलम्बन गर्ने

८ माघ, काठमाडौं । नेपाल भित्रिने कोभिड-१९ विरुद्धको खोपको आयात प्रक्रिया सहज बनाउन भन्सार विभागले छरितो उपाय अबलम्बन गर्ने भएको छ ।

कुनै अवरोध र झन्जट बीनै खोप भित्र्याउन सहजीकरण गर्ने गरी ११ बुँदे कार्ययोजना बनाएर कार्यन्वयन सुरु गरिएको विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

खोप आयात सहज र सरल बनाउन त्रिभूवन विमानस्थल भन्सार कार्यालयमा छुट्टै ईकाई (डेडिकेटेड यूनिट) राखिएको र त्यसलाई समन्वय गर्ने गरी विभागमा तत्काल समस्या समाधान कार्यदल (¥यापिड रेस्पोन्स टिम) तयारी अवस्थामा राखिएको विभागले जनाएको छ ।

अनुमति प्राप्त कम्पनीबाट हुने खोपको आयात पूर्व नै कागजात उपलब्ध भए प्रि-अराइभल प्रोसेसिङ मिलाईने पनि विभागले जनाएको छ ।

सार्वजनिक विदाको दिनमा पनि प्राथमिकतासाथ खोपको जाँच पास गरिने खोपको विषयमा कुनै अन्यौलता देखिए तत्काल स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने र खोप आयात गर्दा ल्याइने कोल्ड चेन उपकरण कन्टेनर तथा बक्साहरु पैठारीकर्ताले फिर्ता लैजान दिने व्यवस्था मिलाइने पनि विभागले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.