Nepal Times
Nepal Times
3
Shares

कोरोना खोप अन्य खोप जस्तै रहेछः गणेश प्रसाद तिमिल्सिना

कोरोना खोप अन्य खोप जस्तै रहेछः गणेश प्रसाद तिमिल्सिना

२० फागुन, काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

बिहीबार निजामति कर्मचारी अस्पताल नयाँ बानेश्वर पुगि अध्यक्ष तिमिल्सिनाले कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन् ।

बुधबारदेखि नै प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप दिन शुरु गरिएको हो ।

बिहीबारै राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले पनि खोप लगाइन । खोप लगाइसकेपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिदैँ अध्यक्ष तिमिल्सिनाले कोभिडविरुद्धको खोपबारे भ्रम र अफवाहलाई भएपनि अन्य खोपहरु जस्तै रहेको बताए ।

हिजोदेखि सांसदहरुले खोप लगाउन थालेको सन्दर्भमा कसैलाई पनि नकारात्मक रिपोर्ट नआएको उनले उल्लेख गरे ।

बिहिबार संघीय संसद सचिवालयका कर्मचारीहरु, स्वकिय सचिव लगायतका कर्मचारीहरु र ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने लगायतका सुरक्षाकर्मीलाई पनि खोप दिइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.