Nepal Times
Nepal Times
3
Shares

कोरोना खोप माघ १४ गतेदेखि लगाइने, निर्धक्क खाेप लगाउन स्वास्थ्यमन्त्रीकाे अपील

कोरोना खोप माघ १४ गतेदेखि लगाइने, निर्धक्क खाेप लगाउन स्वास्थ्यमन्त्रीकाे अपील

११ माघ, काठमाडौं।

नेपालमा कोभिड – १९ विरुद्धको खोप माघ १४ गतेदेखि दिने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रथम चरणको खोप अभियानको विषयमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले काेभिड १९ विरुद्धकाे खोप लगाउन सम्बद्ध पक्षलाई अपिल गरेका छन् । भारत सरकारले हालै दिएको ‘कोभिसिल्ड’ तीनपटकसम्म सफलतापूर्वक परीक्षण भएकाले निर्धकतापूर्वक खोप लगाउन उनले अपिल गरेका छन् ।

सातवटै प्रदेशका ६२ वटा अस्पताल र एकसय २० वटा खाेप केन्द्रबाट खाेप लगाउन शुरू गरिने र साे अभियानकाे माघ १४ गते प्रधानमन्त्री केपी शर्माले शुभारम्भ गर्ने उनले जानकारी दिए। माघ १८ गतेभित्र देशका तीनसयवटा खाेप केन्द्रबाट खाेप दिइनेछ ।

दश दिनसम्म चल्ने यस अभियानमा चारलाख ३० हजार व्यक्तिलाई खोप दिने तयारी रहको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.