Nepal Times
Nepal Times
3
Shares

कोरोना निको नहुँदै सेती अस्पतालबाट ६ जना डिस्चार्ज

कोरोना निको नहुँदै सेती अस्पतालबाट ६ जना डिस्चार्ज

२३ जेठ, कैलाली ।
निको नहुँदै धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका ६ जना कोरोना संक्रमित शुक्रबार डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

स्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले भने-‘स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको हो, लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्ने निर्देशिका आएको छ । हामीले त्यही निर्देशिकामा टेकेर डिस्चार्ज गरेका हौँ ।’

अछामको मेल्लेख गाउँपालिका ३२ वर्षीय पुरुष र ११ वर्षीया बालिका (बावुछोरी), बैतडीको शिवनाथ गाउँपालिका १ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको हो ।

उनीहरु भारतबाट जेठ ८ गते कैलालीको गौरिफन्टा नाका हुँदै नेपाल आएका थिए । सूचना अधिकारी श्रेष्ठले चिकित्सकको सल्लाहमा उनीहरुलाइ डिस्चार्ज गरेको बताए । उनले अझै दुई सातासम्म घरमा सुरक्षित ढंगबाट बस्न सुझाव दिएर डिस्चार्ज गरेको बताए ।

डिस्चार्ज भएका उनीहरुको घरसम्म पुर्‍याउने व्यवस्था भने कुनै पनि निकायले नगर्दा उनीहरु समस्यामा परेका छन् । शुक्रबार दिउँसो २ बजे डिस्चार्ज भएका उनीहरु साँझ अबेरसम्म धनगढीमै अलपत्र अवस्थामा छन् । सेती प्रादेशिक अस्पतालमा अब २० जना संक्रमितको उपचार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.