Nepal Times
Nepal Times
3
Shares

कोरोना नियन्त्रणका लागि सबै एक हुनुपर्छ : प्रचण्ड

कोरोना नियन्त्रणका लागि सबै एक हुनुपर्छ  : प्रचण्ड

२८ बैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन् ।

केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश म्यागाजिनको आज यहाँ भर्चुअल माध्यमबाट विमोचन गर्दै सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला आएको बताए ।

उनले सरकार अहिले कोभिड नियन्त्रणमा असफल भएको आरोप लगाए । उनले भने, “अब बन्ने नयाँ सरकारले विगतका सरकारका कमजोरीलाई सुधार गर्दै कोभिड नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ ।”

सरकारकै कारण कोभिड नियन्त्रण बाहिर जान लागेको उहाँको आरोप थियो । चितवनबाट प्रकाशित भएको यो म्यागाजिनले चितवन आधार क्षेत्र बनाएर सम्पूर्ण क्षेत्रको विषय उठान गरे पनि यसले समग्र देशकै प्रतिनिधित्व गरेको उनको भनाइ थियो ।

उनले भने, “चितवन आधार क्षेत्र बनाएर देशकै अर्थतन्त्रलाई प्रतिनिधित्व गरी कोभिडलाई जोडेर तयार पार्नुभएको छ । यो प्रयास प्रशंसनीय र सह्रानीय छ ।”

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विगतका वर्षमा महानगरले कोभिड न्यूनीकरणका लागि उल्लेख्य काम गरेको भन्दै अहिले पनि महानगर उत्तिकै गम्भीर भएर काम गरिरहेको बताइन् ।

कोभिड सङ्क्रमित बिरामीको उपचारमा कुनै कसर नराख्ने भन्दै उनले कोभिड न्यूनीकरणका लागि सबै क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.